खेलकुदबिहीबार, फाल्गुण १४, २०७१

नेपालीलाई सघाउँदै मेसी

हिमालखबर

messiअर्जेन्टिनी फूटबल टोलीका कप्तान एवं बार्सिलोना क्लबका स्ट्राइकर लियोनल मेसीले नेपाली बालबालिकाका लागि सहयोग जुटाइरहेका छन्।

बार्सिलोना फाउण्डेसन, रिच आउट टु एशिया (रोटा) र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को संयुक्त पहलमा ‘वान इन इलाभेन’ कार्यक्रम अन्तर्गत रकम संकलन गरिएको हो। अभियानमा मेसीसँगै टेनिस खेलाडी सेरेना विलियम्स पनि सहभागी छिन्।

विश्वमा प्रत्येक ११ मध्ये १ बालबालिकाले मात्रै विद्यालय जाने अवसर पाएको भन्दै ‘वान इन इलाभेन’ अभियान थालिएको हो।

युनिसेफका अनुसार विद्यालय जाने उमेरका विश्वका ६ अर्ब पाँच करोड बालबालिकामध्ये पाँच करोड ८० लाखले मात्रै विद्यालय टेकेका छन्।

युनिसेफ नेपालकी सञ्चार अधिकृत शर्मिना मानन्धर संकलित रकम १० जिल्लाका अति विपन्न, द्वन्द्व प्रभावित, आदिवासी र अपाङ्गता भएका बालबालिकाको शिक्षामा खर्च गर्नेबारे सरकारसँग कुराकानी भइरहेको बताउँछिन्। सहयोग रकम नेपालसँगै बंगलादेश र इन्डोनेसियाले समेत पाउने छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...