खेलकुदबिहीबार, फाल्गुण १४, २०७१

संगीनाले भनिन्, ‘सरकारले उचित मूल्याङ्कन गर्‍यो’

हिमालखबर

sangina baidhyaएसियाली च्याम्पियनसीपमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी संगीना वैद्यले सरकारले आफुलाई उचित मूल्याङ्कन गरेको बताएकी छिन् ।

तेक्वान्दो खेलाडी वैद्यलाई खेलजीवनबाट सन्यास लिएको पाँच बर्षपछि सरकारले १५ लाख दिने निर्णय गरेको थियो ।

सरकारको निर्णयपछि वैद्यले भनिन्, ‘‘मेरो योगदानको उचित मूल्याङ्कन भएको छ, यसले नयाँ खेलाडीलाई थप हौसला दिनेछ ।”

झण्डै डेढ दशक खेलेकी वैद्यले सागमा नेपाललाई दुई वटा स्वर्ण पदक दिलाएकी थिइन् । उनको खुट्टामा  समस्या आएपछि खेल्न छोडेकी हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...