थप समाचारबिहीबार, फाल्गुण १४, २०७१
अमेरिकामा कार्यक्रम नेपालमा पैसा
ङिमा पाख्रिन, न्युयोर्क
अन्तर्राष्ट्रिय नारी दिवस–२०१५ को अवसरमा अमेरिकाको न्यूयोर्कमा बस्ने नेपाली महिलाहरुले सशक्तिकरण कार्यक्रम गरेका छन् ।
उनीहरुले ‘मेक ईट ह्याप्पेन’ नामक फन्ड राईजिङ कार्यक्रममार्फत उनीहरुले सशक्तिकरुण कार्यक्रम गरेका हुन्
क्वीन्सस्थित चियान फेडेरशनको भवनमा सकिएको कार्यक्रममा अमेरिकी लेखिका तथा नाट्यकर्मी हिदर हर्पमले प्रस्तुती दिइन् । उनले अमेरिकी महिलाहरुको दैनिक जीवनीबारे आकर्षक ढंगले प्रस्तुती गरिन् ।
सशक्तिकरणले महिलालाई अगाडि बढ्न सहयोग पुग्ने भएकाले कार्यक्रमलाई गरिएको संयोजक कुन्ति थापाले बताइन् ।
अमेरिकी म्युजिसियन तारा लिन्हर्ददेखि नेपाली सारंगीबादक श्याम नेपाली, न्हुंछे डंगोल, तबलाबादक राजकपुर, बिमल बुढाथोकी लगायतले आकर्षक साँगीतिक कोसेली पस्के ।
यम बराल, बिमल डाँगी, रिया मैनाली लगायतले गीत भरेर मनोरंजन दिलाए । क्रिष्टी मैनालीले महिलाहरुलाई शिक्षाको महत्व सम्बन्धी धारणा राखिन् ।
कार्यक्रमबाट उठेको रकम ललितपुरस्थित सुस्तमनस्थिति कल्याण विद्यालयलाई पठाउने आयोजकले जानकारी दिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत सँगीतहरु महिला शसक्तिकरण र नेपालीपनको संयोजन गरीएको सँयोजक सिर्जना लामाले बताईन् ।
साँगीतिक कार्यक्रमका संयोजक गायिका सिर्जना लामालाई गीत प्रस्तुतीमा साथ दिदै बिजया ।