Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु - Himalkhabar.com

थप समाचारशुक्रबार, फाल्गुण १५, २०७१

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

हिमालखबर

-श्रवणकुमार देव, राजविराज

सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको सबारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

१४ फागुनको राति भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर–२, मा पूर्वतिर जादै गरेको ना.५ख १७७७ नम्बरको बसले स.२ प ३१२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा हनुमाननगर–४, सिराहाका २३ बर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको छ ।

यस्तै, दौलतपुर–५, स्थित कदमाहा सडकखण्डमा बा. ३२ प ६४९१ नम्बरको मोटरसाइकलको ठककरबाट स्थानीय ६० बर्षीया गंगादेवी रामको मृत्यु भएको छ भने दौलतपुर–७ स्थित महुलियामा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।

बलान खोलाबाट ढुंगा लोड गरी कडोरबना लैजाने क्रममा स. १ त १८३८ नम्बरको ट्रयाक्टर पल्टिदा ट्याक्टरको ईन्जिनले किचेर हर्दिया–६ का ३५ बर्षीय कुमार परियार मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>