थप समाचारशुक्रबार, फाल्गुण १५, २०७१

न्युयोर्कमा ‘नेपाल’

हिमालखबर

डिमा पाखि्रन, न्युयोर्क

nnअमेरिकाको न्युयोर्कमा यतिबेला ‘नेपाल’ प्रदर्शन भइरहेको छ। म्यानहटनस्थित सेन्ट्रल पार्कमा इन्द्रबहादुर तामाङ (६१) आफ्ना चारदशकदेखिका तस्वीरसँग उभिएका छन् भने ब्रुकलिनस्थित क्लस्टर वाल ग्यालरीमा नेपालका शहरी मिथ्स्बारे कला प्रदर्शनी भर्खरै सकिएको छ।

तामाङको प्रदर्शनीमा सेन्ट्रल पार्कमा बिहानीपख ध्यान सिकाइरहेका आध्यात्मिक नेता दलाई लामादेखि अमेरिकी लेखक एवं फोटोग्राफर चार्ल्स हेनरी, चित्रकार एन्डीवाल होल, लेखक आएरा कोहेन लगायतका दर्जनौं तस्वीर राखिएका छन्। जनवरीदेखि शुरु भएको यो प्रदर्शनी फेब्रुअरीभरि चल्नेछ।

n

मकवानपुरको फाखेलमा जन्मिएका तामाङ काम गर्न किशोरवयमै काठमाडौं पसेका थिए। काठमाडौंमा होटल पानोरोमामा काम पाएका उनको एकजना अमेरिकीसँग भेट भयो। ती थिए, प्रख्यात अमेरिकी लेखक, फिल्मकर्मी एवं फोटोग्राफर चार्ल्स हेनरी फोर्ड। यी दुई यति घनिष्ट भए कि चार्ल्सले आफ्नो सहयोगीका रुपमा तामाङलाई आफ्नै देश लिएर गए। त्यतिबेला तामाङ २१ वर्षका थिए।

यो एउटा नेपाली ठिटोको भाग्य नै थियो, अमेरिकामा चार्ल्ससँगै बस्दा तामाङले थुप्रै ख्यातिप्राप्त चर्चित व्यक्तित्वसँग भेट्ने र त्यहाँको वैभव अनि विद्वत्तालाई नियाल्ने मौका पाए।

तिनै चार्ल्सले तामाङलाई पहिलोपटक फोटोग्राफीका कखरा सिकाए। सन् १९७४ मा पहिलोपटक उनले क्यानोन कम्पनीको क्यामेरा भिर्न पाए। त्यही क्यामेराले चार्ल्सको पार्टीमा उनी तस्वीर खिच्थे। अमेरिका नै पुगेर चर्चित व्यक्तिहरूको तस्वीर खिच्ने सम्भवतः तामाङ नै पहिलो नेपाली हुन्।

काठमाडौंको होटल बज्रमा सन् ८० को दशकमा चार्ल्सले लेखेका हाईकू प्रदर्शनी हुँदा तामाङले नै खिचेका तस्वीर र कोलाज टाँगिएको थियो। यसबाहेक अमेरिकाका विभिन्न ठाउँमा फोटो प्रदर्शनी गर्दा चार्ल्सले तामाङका केही तस्वीर समेत राख्थे। यसले तामाङलाई खुशी र प्रेरणा दुवै मिल्दथ्यो।

तामाङले खिचेका ऐतिहासिक तस्वीर हेर्न न्युयोर्कमा रहेका नेपाली मात्र होइन, अमेरिकी समेत झुम्मिएका छन्।

“जीवन यात्रामा सन्तुष्टिका लागि खिचेका धेरै तस्वीर अहिले सम्झनलायक भएका छन्। यो सम्झनालाई जोगाउनु छ”, तामाङ भन्छन्।

तामाङले यी तस्वीरलाई पुस्तकको रुप दिने योजना पनि बनाएका छन्। तामाङ बौद्ध सांस्कृतिक केन्द्रको संयोजक रहेका उनी न्युयोर्कवासी नेपालीका लागि सामुदायिक भवन बनाउन लागिपरेका छन्।

nnn

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>