खेलकुदशुक्रबार, फाल्गुण १५, २०७१

साउथ अफ्रिकाद्वारा वेस्ट इन्डिज २५७ रनले पराजित

हिमालखबर

साउथ अफ्रिकाद्वारा वेस्ट इन्डिजलाई ४०९ रनको चुनौति

वेस्ट इन्डिज विरुद्ध साउथ अफ्रिकाले २५७ रनको विशाल जित निकालेको छ । जितसँगै तीन खेलबाट चार अंक जोडेको साउथ अफ्रिका समूह बिको दोस्रो स्थानमा उक्लेको छ ।
साउथ अफ्रिकाले दिएको ४०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३३.१ ओभरमा अलआउट हुँदा जम्मा १५१ रन जोड्यो । ज्यासन होल्डरले वेस्ट इन्डिजका लागि सर्वाधिक ५६ रन योगदान गरे । वेस्ट इन्डिजलाई सस्तोमा समेट्ने क्रममा इमरान ताहिरले सर्वाधिक पाँच विकेट लिए ।

१५ फागुनमा टस जितेर ब्याटीङ रोजेको साउन अफ्रिकाले जारी विश्वकपकै उच्चस्कोर जोड्न सफल भएको हो । सिड्नी क्रिकेट मैदानमा भएको खेलमा डे भिलियर्सले अविजित रहँदै ६६ बलमा १६२ रन जोडे । यस्तै हसिम अम्लले ६५, फफ डुले ६२ र रिल्ले रोस्सुले ६१ रनको योगदान दिए ।

क्रिस गायल र अन्द्रे रसेलले दुई/दुई तथा ज्यासन होल्डरले एक विकेट खसालेका थिए । समूह बीको अंक तालिका;

साउथ अफ्रिकाद्वारा वेस्ट इन्डिज २५७ रनले पराजित

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...