Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाग्लुङमा संविधानसभा उपनिर्वाचनको चहलपहल बढ्यो - Himalkhabar.com

थप समाचारशनिबार, फाल्गुण १६, २०७१

बाग्लुङमा संविधानसभा उपनिर्वाचनको चहलपहल बढ्यो

हिमालखबर

बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा उपनिर्वाचन डेढ महिना बाँकी रहँदा चुनावी चहलपहल बढेको छ ।

निर्वाचन आयोगले २८ चैतमा निर्वाचनको मिति निर्धारण गरेपछि दलहरू आन्तरिक तयारीमा जुटेका छन् । उम्मेदवार बन्न नेताहरू दौडधुपमा छन् ।

विद्युतीय मतदान प्रक्रिया अपनाइने निर्वाचनमा तीन हजार मतदाता थपिएको छ । निर्वाचनको लागि ३५ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए ।

प्रमुख तीन दलमध्ये एमाले र एमाओवादीले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । एमाले क्षेत्रीय समितिले इन्द्रलाल सापकोटा, जनक पौडेल, मनकुमारी केसी, रामजीप्रसाद शर्मा र हिराबहादुर केसीको नाम सिफारिस गरिएको जनाएको छ ।

केसी गत निर्वाचनमा कांग्रेस सभासद् स्वर्गीय हरिबहादुर खड्कासँग पराजित उम्मेदवार हुन् ।

त्यस्तै, एमाओवादी उम्मेदरका लागि तिलक उप्रेती, कृष्ण केसी, यज्ञबल्लभ शर्मा र गीता शर्मा सिफारिस भएका छन् ।

यसअघि जिल्लाका तीनै क्षेत्रमा विजयी बनेको नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मदेवार सिफारिसको लागि केन्द्रको परिपत्र कुरेर बसेको छ । केन्द्रको परिपत्र प्राप्त भएपछि प्रक्रिया थालिने कार्यवाहक जिल्ला सभापति जगदिशचन्द्र उपाध्यायले बताए ।

कांग्रेसबाट स्व सभासद् खड्काकी पत्नी चम्पादेवी खड्का, छोरा सुदीप खड्का, पूर्व जिल्ला सभापति मणिभद्र शर्मा, कार्यवाहक जिल्ला सभापति जगदिशचन्द्र उपाध्याय उम्मेदवार हुने संभावना बढी छ ।

२०४६ यता कांग्रेस र एमालेले निर्वाचन जित्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>