रमझमशनिबार, फाल्गुण १६, २०७१
लिम्बु संस्कृतिका दुई फिल्म
-गणेश साम्पाङ, पाँचथर
संस्कृति लोप हुन नदिन चलचित्र गतिलो विकल्प हुन सक्छ। पाँचथरका केही कलाकार अहिले यसै कर्ममा जुटेका छन्।
सागर केरुङको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित दुई चलचित्र ‘तुम्याहाङ’ र ‘तोने’ प्रदर्शनका लागि तयार भएका छन्। गाउँका झगडा गाउँकै पञ्चभलाद्मी बसेर फैसला गर्ने परम्परालाई लिम्बू समुदायमा तुम्याहाङ भनिन्छ।
इतिहास र संस्कृतिको यही पाटोलाई समातेर केरुङले २९ मिनेटको चलचित्र बनाएका हुन्। हरिलाल तुम्रोकको पटकथा रहेको ‘तुम्याहाङ’ को निर्माण हर्कप्रसाद केरुङले गरेका छन्। चलचित्रमा इन्द्र तुम्बापो, सन्देश इङवा मधु आजित केरुङ, कुमारी नेम्बाङ र हिमाल कन्दङवाले अभिनय गरेका छन्।
सागरकै अर्को चलचित्र ‘तोने’ को पनि छायांकन सकिएको छ। चलचित्रकी निर्माता पवित्रा गुरुङ आफ्नो जातिमा हराउँदै गएको धनुषबाण परम्परा बचाउन ‘तोने’ बनाइएको बताउँछिन्। चलचित्रमा अर्चना गुरुङ, सुजन गुरुङ, अल्फा गुरुङ, भीम गुरुङ, गंगा गुरुङ र राजु गुरुङले अभिनय गरेका छन्। दुवै चलचित्रमा मणि ताम्लिङले संगीत भरेका छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
