थप समाचारशनिबार, फाल्गुण १६, २०७१

नयाँ वर्ष, नयाँ आश्चर्य

हिमालखबर

-गणेश आचार्य

प्रविधिमा पलपलको ठूलो महत्व हुन्छ। हिजोको प्रविधि आज पुरानो भइसक्छ अनि भोलिका लागि नयाँ प्रविधि भित्रिन्छ। २०१५ को शुरुआततिरै प्रविधिका क्षेत्रमा केही आश्चर्यजनक प्रविधिको सफल परीक्षण भएको छ। तीमध्ये चर्चित पाँच प्रविधि :

थ्रीडी प्रिन्टरबाट घर

3

सामान्य सामानको मोडल तयार पार्न थ्रीडी प्रिन्टर प्रयोग हुन थालेको धेरै भयो। तर, २०१५ मा चीनमा थ्रीडी प्रिन्टरको प्रयोगबाट पहिलो पटक पाँचतले घर नै बनाइयो। प्रिन्ट गरिएको घर कुनै ‘डमी’ होइन, बस्न मिल्ने घर हो। थ्रीडी प्रिन्ट गरेर निकालिएका यस्ता घरहरूको प्रदर्शनी समेत गरिएको छ।

यो प्रविधिमा कम्प्युटरमा थ्रीडी डिजाइन गरिन्छ। थ्रीडी प्रिन्टरमा आवश्यक सरजाम जस्तै ईंटा, बालुवा, छड लगायतका सबै लोड गरिन्छ। त्यसपछि कागजमा अक्षर प्रिन्ट गरे जस्तै कम्प्युटरमा प्रिन्ट कमाण्ड दिइन्छ।

प्रिन्ट कमाण्डसँगै रोबोटले घर बनाउन शुरु गर्छ। थ्रीडी प्रिन्टरबाट सामान्यभन्दा ७० प्रतिशतसम्म छिटो घर बनाउन सकिन्छ। केही समयपछि हामीले चाहेको डिजाइन प्रिन्ट भएर निस्कन्छ। र घर तयार हुन्छ। चाहे घर होस् या बेड। चीनले अहिले यही प्रविधि प्रयोग गरेर पुल समेत बनाउने योजना बनाएको बताएको छ।

किबोर्डबाट बत्ती

कम्प्युटरमा टाइप गर्दा हामी किबोर्ड ठटाउँछौं, टाइप गरिरहँदा केही कुरा लेखिन्छ साथै यसक्रममा औंलाबाट हाम्रो शक्ति पनि खर्च भइरहेको हुन्छ। चीनको जर्जिया युनिभर्सिटीले ल्यापटपको किबोर्डमा टाइप गर्दा उत्पन्न यही ऊर्जाले ल्यापटप नै चार्ज गर्न मिल्ने प्रविधिको विकास गरेको छ।

वर्षौंदेखि किबोर्ड थिचेर काम गरिरहेकालाई यो समाचारले खुशी तुल्याएको हुनुपर्छ। टाइप गर्दा उत्पन्न ऊर्जाले ल्यापटप चार्ज मात्र होइन, बचेको ऊर्जाले लिडलाइट समेत बाल्न मिल्ने देखिएको छ।

गुगल प्रोजेक्ट एआरए (मोड्युल फोन)

4सर्च इन्जिनको व्यवसायबाट शुरू भएको गुगलले अर्को अद्भुत नयाँ प्रविधि ल्याएको छ, गुगल प्रोजेक्ट एआरए फोन। हामीमध्ये धेरैलाई फोनमा क्यामेरा, स्त्रि्कन, बटन कतै छेउमा भए हुन्थ्यो भन्ने लाग्न सक्छ। क्यामेरा स्त्रि्कन भन्दा तल भए कस्तो राम्रो हुन्थ्यो भन्ने पनि लाग्न सक्छ। गुगलको प्रोजेक्ट एआरए फोनमा यो मात्र होइन, डिभाइस छान्ने सुविधा पनि छ।

डेस्कटप कम्प्युटरमा र्‍याम हाले जस्तै प्रोजेक्ट एआरएमा र्‍याम, क्यामेरा, प्रोसेसर आवश्यकता अनुसार फेर्न सकिन्छ। गुगलले प्रोजेक्ट एआरए मार्फत यो मोड्युल फोन जनवरीमा सार्वजनिक गरेपछि तोसिबा लगायतका कम्पनीले क्यामेरा, र्‍याम लगायतका विभिन्न थरीका मोड्युल बजारमा ल्याइरहेका छन्।

दिसापिसाबबाट स्वच्छ पानी

2दिसापिसाबबाट समेत पिउनयोग्य पानी बन्छ भन्ने सुन्दा हामीलाई अचम्म मात्रै हैन घिन पनि लाग्न सक्छ। तर, प्रख्यात माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले मानवीय फोहोर (दिसापिसाब) बाट प्रशोधित पानीको वकालत गर्दै आएका छन्।

गेट्सले मानवीय फोहोरबाट पिउने पानी, बत्ती र खरानी निकाल्ने मेशीनको प्रचारप्रसार गरिरहेका छन्। आफ्नो ब्लगमा आफूले पानी खाइरहेको भिडियो पनि राखेका छन्। सियाटलस्थित जानिकी बायो इनर्जी कम्पनीले डिजाइन तथा उत्पादन गरेको ओम्निप्रोसेर मेशीनले पाँच मिनेटमै मानवीय फोहोरलाई शुद्ध खानेपानीमा बदल्छ। गेट्सको प्रचारले यो प्रविधिले प्रसिद्धि कमाउने अड्कल गरिएको छ।

माइक्रोसफ्ट होलोलेन्स

1चश्मा र हेडसेटको मिश्रण जस्तो लाग्ने माइक्रोसफ्ट होलोलेन्स लगाएपछि कम्प्युटर स्त्रि्कनमा जस्तै सबै कुरा हेर्न पाइन्छ, त्यो पनि थ्रीडीमा। त्यति मात्र होइन, देखिएका चिज सार्न, सानोठूलो बनाउन, रंग बदल्न पनि सकिन्छ।

यी सबैको भिडियो रेकर्ड पनि चश्माले नै गरिरहेको हुन्छ। यस्तो चश्मा लगाएर भित्तामा टीभी वा स्काइपको स्त्रि्कन हेर्न, मोटरसाइकल, गाडी, घरको डिजाइन समेत बनाउन र प्रिन्ट गर्न सक्छौं। माइक्रोसफ्टले विण्डोज १० सँगै सार्वजनिक गरेको होलोलेन्सले आँखा हेराइ अनुसार रंग र प्रकाश उत्पादन गरेर थ्रीडी चित्र बनाउँछ र त्यसलाई हातको स्पर्शबाट चल्न सक्ने भर्चुअल सुविधा पनि प्रदान गर्छ।

टेबुलमै घरको डिजाइन बनाउन वा हिंड्दाहिंड्दै स्काइपमा भिडियो कल पनि गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>