थप समाचारआइतबार, फाल्गुण १७, २०७१

वार्तामा बस्न तयार छौंः दाहाल

हिमालखबर

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतीय संविधान निर्माणका लागि वार्तामा बस्न तयार रहेको बताएका छन् ।

शक्ति प्रदर्शनका क्रममा घाइते भएकाहरुसँग भेट्न कान्तिपुर अस्पताल पुगेका दाहालले वार्ताका लागि आफुहरु तयार रहेको बताए । उनले भने, ‘‘सरकारले वार्ताको बातावरण तयार पारे, हामी वार्तामा बस्न तयार छौं ।’’

शान्तिपूर्ण आन्दोलनमा सरकारले आफ्ना एक सय बढी कार्यकर्ता घाइते बनाएको उनले बताए । निषेधित क्षेत्र तोडेपछि नयाँ बानेश्वरमा १६ फागुनमा प्रहरीसँग झडप भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>