Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कार्यकर्ता भेला पारेर उत्साहित नहुन एमाओवादीलाई ओलीको आग्रह - Himalkhabar.com

थप समाचारआइतबार, फाल्गुण १७, २०७१

कार्यकर्ता भेला पारेर उत्साहित नहुन एमाओवादीलाई ओलीको आग्रह

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ता भेला पार्दैमा उत्साहित नहुन एमाओवादीलाई आग्रह गरेका छन् ।

मनोनित केन्द्रीय सदस्यको सपथ कार्यक्रममा ओलीले भने, ‘‘एक महीनादेखि खर्च गरेर कार्यकर्ता भेला गर्दैमा कोही उत्साहित हुनु पर्दैन ।’’

एमाओवादीको अभिव्यक्तिले केही फरक नपार्ने भन्दै ओलीले भने, ‘‘यसपालीको हैजा, आफुलाई लैजा भनेर नारा एमाओवादीले पहिले पनि लगाएका हुन् । के त्यस्तो आरोप लगाउने पार्टी नेतालाई चाँही आर्यघाट जानुपर्दैन र ?’’

एमालेमा मनोनित १० केन्द्रीय सदस्यले आज सपथ लिएका छन् । एमालेले केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, रामकुमार ज्ञवाली र जया घिमिरे केन्द्रीय सदस्य मनोनयन गरेको छ ।

१६ फागुनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमाले पार्टी नचाहिने भएकाले कांग्रेसमा गाभिए हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>