खेलकुदआइतबार, फाल्गुण १७, २०७१

क्रिकेट स्टेडियम शिल्यान्यासपछि कप्तान खडकाले भने, ‘यो खुशीको कुरा हो’

हिमालखबर

IMG_9596प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौंको बुढानिलकण्ठस्थित सुवर्ण शमशेर स्मृति क्रिकेट स्टेडियमको शिल्यान्यास गरेका छन् ।

स्टेडियम शिल्यान्यासपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले स्टेडियम बन्नु खुशीको कुरा भएको बताए ।

उनले भने, ‘‘यो स्टेडियम बन्यो भने नेपाली क्रिकेट टीममा खुशी थपिने छ ।’’

खेलकुद मन्त्री पुरुषोतम पौडेलले स्टेडियम तयारीका लागि सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बुढानिलकण्ठ नगरपालिकाको गाम्छामा बन्ने स्टेडियम ९५ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।

उक्त स्टेडियम निर्माणका लागि झण्डै २५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...