Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वर्षाले आन्तरिक उडान प्रभावित - Himalkhabar.com

थप समाचारआइतबार, फाल्गुण १७, २०७१

वर्षाले आन्तरिक उडान प्रभावित

हिमालखबर

मुलुकभर वर्षा भएका कारण १७ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट हुने आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

मलुकभर लगातार परेको वर्षाले दृश्यता (भिजिविलिटी) कम हुँदा आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थलले जनाएको छ ।

बिहान सबै उडान सामान्य रहे पनि मध्यान्हबाट मौसम बद्लीसँगै निरन्तर वर्षा भएकाले सबै आन्तरिक उडान प्रभावित भएको विमानस्थलका महाप्रवन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिP ।

उgका अनुसार मौसम प्रतिकूल हुँदा विराटनगरमा दुई र भैरहवामा एक जहाज काठमाडौँ फर्कन नसकी रोकिएर बसेका छन् ।
हिमाली क्षेत्रका सम्पूर्ण उडान प्रभावित भएको र पोखराबाट जोमसोम जाने बाहेक अन्य पहाडी क्षेत्रका केही उडान भने सामान्य रहेको विमानस्थलले जानकारी दिएको छ ।

यसरी आन्तरिक उडानहरु प्रभावित हुँदा देशका विभिन्न गन्तव्यमा जान विमानस्थल पुगेका स्वदेशी तथा विदेशी यात्रुहरु निरास हुँदै फर्कन बाध्य भएका थिए ।

मङ्गलबारदेखि सुधार आउने
मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली अरब सागरसँग समिश्रण हुँदा पश्चिमी वायुले ठूलो रुप लिएपछि देशैभर वर्षा भएको हो ।

भूमध्यसागरबाट आएको वायु नेपालको पश्चिमी भेग हुँदै देशभर प्रभाव पारेकाले डडेल्धुरा, दीपायल, धनगढी, सुर्खेत, नेपालगन्ज, जुम्ला, दाङ, भैरहवालगायतका स्थानमा भारी वर्षात् भएको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

१८ फागुनसम्म देशभर नै बदली भई, उच्च हिमाली भेगमा भारी हिमपात हुने छ भने मध्यमाञ्चल तथा पूर्वी क्षेत्रका पहाडी भेगमा आंशिक हिमपात हुने छ ।
वायुको प्रभाव कायम रहँदासम्म काठमाडौँलगायतका पहाडी स्थानमा केही चिसो बढ्ने छ ।

मौसमविद् कँडेलले वायुको प्रभाव १९ फागुन, मङ्गलबारबाट कम हुँदै जाने र मौसममा पनि सुधार आउने जानकारी दिँदै त्यसपछि चिसो हट्ने तथा गर्मी बढ्न थाल्ने बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>