थप समाचारसोमबार, फाल्गुण १८, २०७१
मोबाइल चार्ज गर्दा २ जनाको मृत्यु
-सुरजकुमार भुजेल, मकवानपुर
मोवाइल चार्ज गर्न लाग्दा करेन्ट लागेर मकवानपुरमा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी–९, का १९ बर्षीय अनिल जिम्बा र १८ बर्षीय विशाल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हुरीवताससँगै चट्याङ परेर विद्युतको तारमा हाईभोल्टेज विद्यतु प्रवाह भएका बेला मोबाइल चार्ज गर्दा उनीहरुको मृत्यु भएको हो । करेन्ट लागेर वेहोस भएका उनीहरुलाई उपचार गर्न हेटौडा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
यसअघि, १५ फागुनमा चट्याङमा परेर मकवानपुरकै मन्थली र राक्सिराङ गाविसका तीन जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>