Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संविधानसभाभित्रका दलहरुबीच सर्वदलीय बैठक आवश्यक: कमल थापा - Himalkhabar.com

थप समाचारसोमबार, फाल्गुण १८, २०७१

संविधानसभाभित्रका दलहरुबीच सर्वदलीय बैठक आवश्यक: कमल थापा

हिमालखबर

kamal_thapaराप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा रहेका दलहरुबीच सर्वदलीय बैठक आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा १६ फागुनमा पत्रकारसँग कुराकानी गर्दै उनले विधि, प्रक्रियालाई स्थगित गरी सर्वदलीय बैठकबाट प्राप्त सुझावका आधारमा संविधान निर्माणका लागि नयाँ कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

उनले कांग्रेस, एमाले र एमाओवादीको गलत नीति र सत्तालिप्साका कारण मुलुक सङ्कटको चक्रब्यूहमा फसेको आरोप लगाए ।

अध्यक्ष थापाले संविधान निर्माणको विषयमा अधिकतम सहमति भइसकेको अवस्थामा केही जिल्लालाई कुन राज्यमा राख्ने विषयमा भएको विवादका कारण संविधान निर्माण कार्य अवरुद्ध भएको बताए ।

उनले आफ्नो पार्टीले प्रश्नावली तयार पार्नमा सहयोग गरेको तर, धर्म निरपेक्षता, सङ्घीयता र शासकीय स्वरुपको विषयमा प्रश्न उठाउन नपाइने भएका कारण प्रश्नावली समितिबाट बाहिरिएको जानकारी गराए ।

उनले सत्तापक्षले देखाएको गणितीय दम्भ र एमाओवादी लगायत ३० दलको शक्ति प्रदर्शन सत्तास्वार्थबाट मात्र प्रेरित रहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>