Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शान्ता चौधरीले सरकारी उपचार खर्च फिर्ता गर्ने - Himalkhabar.com

थप समाचारसोमबार, फाल्गुण १८, २०७१

शान्ता चौधरीले सरकारी उपचार खर्च फिर्ता गर्ने

हिमालखबर

shanta chaudhariपूर्वसभासद् शान्ता चौधरीले सरकारले दिएको उपचार खर्च फिर्ता गर्ने बताएकी  छन् ।

क्यान्सर पीडित चौधरीलाई सरकारले उपचारका लागि दिएको रु. पाँच लाख खर्च नभएकाले उनले फिर्ता गर्ने भएकी  हुन् ।  चौधरीले राज्य कोषबाट प्राप्त अनुदान   उपचारमा खर्च नभएकाले फिर्ता गर्ने बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘‘कोही सिटामोलको अभावमा मर्नुपर्ने र कसैले दोहोर्‍याएर सहयोग लिइरहने अवस्थामा मैले रकम फिर्ता गर्नु कुनै महान् काम होइन ।’’ उनले आफ्नो उपचारका लागि प्राप्त अन्य रकम पनि फिर्ता गर्ने जनाएकी छिन् ।

देब्रे स्तन र पाठेघरको क्यान्सरबाट पीडित चौधरीको दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा अपरेसन भएको थियो । कम्लहरी  पृष्ठभूमीकी पूर्वसभासद् चौधरीलाई सरकारले पहिलो पटक सात लाख दिएको थियो भने विभिन्न क्षेत्रबाट थप सहयोग प्राप्त भएको थियो ।

उनले अपरेसन सफल भएको र नियमित औषधि खान आफ्नो श्रीमानले  साउदी अरबमा कमाएको पैसाले पुग्ने अनुमान गरेकी छिन् ।

santa

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>