थप समाचारसोमबार, फाल्गुण १८, २०७१

टेलिकमको एप्समा सेवा विस्तार

हिमालखबर

नेपाल टेलिकमले अघिल्लो वर्ष प्रयोगमा ल्याएको एप्समा सेवा विस्तार गरेको छ ।

एन्ड्रोइड स्मार्ट मोबाइल प्रयोगकर्ता ग्रहकलाई लक्षित गरी प्रयोगमा ल्याएको एप्समा हाल एडिएसएलका साथै प्रिपेड, पोस्टपेड र सिडिएमए मोबाइलको महसुल भुक्तानी, ब्यालेन्स ट्रान्सफर, रिचार्ज, फ्रेन्ड एन्ड फेमिली इन्क्वायरी, उजुरी दर्ता, विभिन्न सेवाका लागि लाग्ने महसुल, कार्यालयको गतिविधिलगायतका जानकारी पाउन सकिने भएको छ ।

अघिल्लो वर्ष सो एप्समा ब्यालेन्स ट्रान्सफर, प्रिपेड रिचार्ज, फ्रेन्ड एन्ड फेमिली इन्क्वायरीजस्ता सेवामात्र राखिएको १८ फागुनमा आयोजित पत्रकार भेटघाटमा व्यापार महाशाखाका उपप्रबन्धक डिल्लीराम अघिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>