समाचारशुक्रबार, कार्तिक १०, २०६९

राष्ट्रपति समक्ष दाहालको नयाँ प्रस्ताव

सञ्जीव शर्मा

पुष्पकमल दाहाल

आफूले गरेको प्रस्तावमा सहमति जुटाउन राष्ट्रपतिले संयोजनकारी भूमिका निर्वाह गर्न पनि  दाहालले राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

जवाफमा राष्ट्रपतिले दलहरुसँग विस्तृत छलफल गरी सहमति जुटाएर आउन भनेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।

अध्यक्ष दाहाल आफैंले राष्ट्रपति समक्ष प्रस्ताव राखेको बताए पनि उक्त प्रस्तावबारे दुबै पक्षले केही खुलाएका छैनन् । “मैले अहिले जे उपायहरु राष्ट्रपति समक्ष राखेको छु, मलाई विश्वास छ उहाँको पनि सहयोग हुनेछ र सहमति चाडै हुनेछ ।” दाहाललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शीतल निवासमा भएको सो भेटमा राष्ट्रपतिलाई संयोजनकारी भूमिका खेल्न अध्यक्ष दाहालले आग्रह गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।

राष्ट्रपतिले दलहरुलाई बारम्बर सहमतिका लागि झकझकाए पनि संविधानसभा विघटनको ५ महिना पुग्न लाग्दासम्म सहमति जुटन सकेको छैन ।

दलहरुबीच राजनीतिक छलफल ठप्प रहेका बेला दाहालको यो गोप्य प्रस्ताव आएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>