Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
११७ की भइन संसारकी जेठी महिला - Himalkhabar.com

थप समाचारबिहीबार, फाल्गुण २१, २०७१

११७ की भइन संसारकी जेठी महिला

हिमालखबर

oldest_womanविश्वकै सबैभन्दा बृद्ध व्यक्ती जापानकी महिलाले आफ्नो ११७ औं जन्मदिन मनाएकी छन् ।

मिसाओ ओकावा नामकी यि महिलाको जन्म ५ मार्च १८९८ मा जापानको ओसाकामा भएको थियो । जन्मदिन भन्दा एकदिन अघि मनइएको पारिवारिक समारोहमा उनले ११७ वर्ष त्यती लामो समय आफूलाई नलागेको बताइन् ।

ओसाकास्थित नर्सिंग होम (बृद्धबृद्धाको हेरचाह गरिने ठाउँ) मा बस्ने उनी अचेल केही सुस्त भएको र उनलाई सुन्न केही समस्या हुने गरे पनि उनको स्वास्थ्य र खानपान ठिक रहेको त्यहाँका कर्मचारीले बताएका छन् ।

जापानको परम्परागत पोशाक ‘किमोनो’ बनाउने घरमा जन्मेकी मिसाओको सन् १९१९ मा विवाह भएको थियो भने सन् १९३१ मा पतिको मृत्यु भएको थियो ।

उनका ६ जना पनाति–पनातिनीसहित दुई छोरी, एक छोरा र ४ नाति–नातिनी छन् ।

सन् २०१३ मा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ ले उनलाई औपचारिक रुपमा विश्वकै सबैभन्दा जेठी व्यक्तिको मान्यता दिएको थियो ।
बीबीसीबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>