Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु - Himalkhabar.com

थप समाचारबिहीबार, फाल्गुण २१, २०७१

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

हिमालखबर

udayapurउदयपुरको त्रियुगा नगरपालिका– ८ बगाहामा मोटरसाइकल दुर्घटना हुँदा सख्त घाइते भएका तीन जना किशोरको उपचारको क्रममा मृत्यु भएको छ ।

२० फागुन राति मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु हुनेमा त्रियुगा नगरपालिका– ३ गाईघाट बस्ने वर्ष १६ का कुन्दन साह, वर्ष १६ कै छोटेलाल साह र अर्का वर्ष १५ को विजय साह रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

त्रियुगा नगरपालिका– १० स्थित जलजलेबाट स२१प ८४७ नम्बरको मोटरसाइलमा रातको ९ बजे गाईघाटतर्फ आउँदै गरेका किशोरहरु बगाहा बजारको सडकको एक कल्भर्टमा ठोक्किन गई नियन्त्रण गुमाएर खोलामा खसेको प्रहरीले जनाएको छ ।

तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीले उनीहरुलाई जिल्ला अस्पताल उदयपुरमा ल्याएर उपचार गर्ने क्रममा रातको ११ बजे नै तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिल्ली चौहानले बताए ।

अहिले उनीहरुको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>