खेलकुदशुक्रबार, कार्तिक १०, २०६९

नेपाल एसीसी समूह चरणबाट बाहिरियो

हिमालखबर

१० कार्तिकमा बङ्गलादेशसँग भएको समूह चरणको दोस्रो खेलमा पराजित भएपछि नेपालको समूह चरणमा अघि बढ्ने यात्रा समाप्त भएको हो । नेपाल समूह बी को पुछारमा छ ।

४६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको नेपाल बङ्गलादेशसँग ९ विकेटले पराजित भयो ।   बङ्गलादेशले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै सजिलै लक्ष्य पूरा गर्यो ।

टस हारेर व्याटिङ्ग गरेको नेपालले १९ ओभर ३ बलमा ४५ रन बनाउँदै आउट भएको थियो । बङ्गलादेशको १ विकेट करुणा भण्डारीले लिइन् । नेपालका लागि नेरी थापाले १२ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । कप्तान रुबिना क्षेत्री २ चौका प्रहार गर्दै ९ रनमा आउट भइन् । २५ बल सामना गरेकी नेपालकी ओपनर रेखा रावल खाता नखोली पेभेलियन फर्किइन् । सरीता मगर र करुणा भण्डारी पनि डकआउट भए । सीता राना मगर ३, रोशनी बोहरा ४, नीरा राजोपाध्याय ५ तथा रश्मी चौलागाई र सोनु खड्का १ रनमा आउट भए ।

नेपालले अब समूह चरणको अन्तिम खेल आगामि सोमबार चीनसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>