Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संस्कृतिविद् जोशीको तस्विरअङ्कित चाँदीको सिक्का विमोचन - Himalkhabar.com

थप समाचारबिहीबार, फाल्गुण २१, २०७१

संस्कृतिविद् जोशीको तस्विरअङ्कित चाँदीको सिक्का विमोचन

हिमालखबर

तस्वीर: रासस

तस्वीर: रासस

उपप्रधानमन्त्री प्रकाशमान सिंहले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अङ्कित चाँदीको सिक्काको विमोचन गरेका छन् ।

बीस ग्राम चाँदीको उक्त सिक्का न्हूज गुथि, काठमाडौँले प्रकाशन गरेको हो ।

उक्त अवसरमा उपप्रधानमन्त्री सिंहले नेपालको संस्कृति तथा भाषाको अन्वेषण र उत्थानमा महत्पूर्ण योगदान दिएका शताब्दी पुरुष जोशीबाट सबैले प्रेरणा लिनुपर्ने बताए ।

मन्त्री सिंहले सरकारकातर्फबाट पनि शताब्दीपुरुषलाई सम्मान गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंले जोशीको जीवनी समावेश रहेको पुस्तक आगामी वैशाखभित्र प्रकाशन गर्ने तयारी भइरहेको बताइन् ।

कार्यक्रममा जोशीले आफ्नो तस्‍वीर अङ्कित गरेर संस्मरणात्मक रुपमा सबैलाई अनन्तकालसम्म जानकारी हुने गरी सिक्का प्रकाशन गरिएकोमा हार्दिक कृतज्ञता ज्ञापन गरेका थिए ।

जोशीका महाकाव्य ‘जयप्रकाश’, ‘अरनिको कृत श्वेतचैत्य’ नाटकहरु ‘वैद्य बा’, ‘सिद्धार्थ गौतम’, ‘सिद्धिदास’, ‘आजुद्यः’ (बाघभैरव), ‘चारुमति’, बालकविताहरु ‘चखुँचा हाःगु म्ये’, लगायत ३६ वटा नेपाल भाषाका कृति तथा नेपाली सजिलो वर्णमाला, नेपाली लोकगीत एक अध्ययन, हाम्रो लोक संस्कृति, कर्णाली लोक संस्कृति, सांस्कृतिक नीति एक अध्ययन लगायत दुई दर्जन नेपाली भाषाका कृतिहरु प्रकाशन भइसकेका छन् ।

उनले तीन पटकसम्म मदन पुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, श्रेष्ठ पुरस्कार, लाकौल पुरस्कार (सिरपाः), लगायत एक दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>