रमझमशुक्रबार, फाल्गुण २२, २०७१
प्रताप बने तेस्रो नेपाली तारा
सांगीतिक रियालीटी शो ‘कोका–कोला नेपाली तारा–३’ प्रताप लामा भएका छन् ।
२२ फागुनमा आर्मी अफिसर्स क्लबमा भएको अन्तिम स्पर्धामा प्रतापसँग सुरेश लामा र देवेस राई भिडेका थिए ।
देवेस दोस्र्र्रो र सुरेश तेस्रो भएका छन् । १७ भदौमा धरानबाट सुरु भएर प्रतियोगिताको अडिसन नारायणगढ, पोखरा, बुटवल, भक्तपुर हुँदै काठमाडौं आएको थियो ।
गायक प्रकाश गुरुङ, संगीतकार सुरेश अधिकारी र गायीका संगीत राना प्रधान निर्णायक रहेको प्रतियोगितामा विजेताले मोटरसाइलसहित रु. २ लाख २५ हजार र तीन वटा म्युजिक भिडियो निर्माण गर्ने अवसर पाउनेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>