Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राष्ट्रिय टोलीमा ६ नयाँ अनुहार - Himalkhabar.com

खेलकुदशुक्रबार, फाल्गुण २२, २०७१

राष्ट्रिय टोलीमा ६ नयाँ अनुहार

हिमालखबर

राष्ट्रिय टोलीमा ६ नयाँ अनुहार अखिल नेपाल फुटबल संघ(एन्फा)ले सन् २०१८ को विश्वकपको प्रारम्भिक छनौट चरणका लागि टीम नेपालका सदस्यहरू घोषणा गरेको छ । २०१९ को एसिया कप छनोट चरणको रुपमा समेत रहेको खेलका लागि २२ फागुनमा २४ खेलाडीहरूको नाम घोषणा गरिएको हो ।

सागर थापाको कप्तानीमा मैदान उत्रन लागेको टीम नेपालको गोल पोष्ट किरणकुमार लिम्बु, विकेश कुथु र रितेश थापाले सम्हाल्ने छन् । यस्तै डिफेन्डरहरुमा कप्तान थापा, अनन्त तामाङ, विराज महर्जन, दीनेश राजबंशी, रविन श्रेष्ठ, रञ्जित धिमाल, रोहित चन्द र सन्दिप राई छन् । मिडफिल्डबाट भोला शिलवाल, विक्रम लामा, विशाल राई बी, हेमन गुरूङ, जगजित श्रेष्ठ, राजु तामाङ र शिव श्रेष्ठ खेल्दैछन् ।

यस्तै फरवार्डमा अनिल गुरुङ, जुमानु राई, सन्तोष साहुखल, भरत खवास, विमल घर्ती मगर र अन्जन विष्ट छन् ।

अनन्त तामाङ, दिनेश राजवंशी, अञ्जन विष्ट, विशाल राई बी , हेमन गुरुङ र रञ्जित धिमालले यसपटक राष्ट्रिय टीममा डेब्यु गरेका हुन ।

टीम नेपालले २८ फागुनमा भारतसँग गुहाटीमा अवे म्याच खेल्नेछ । मुख्य प्रशिक्षक ज्याक स्टेफानोव्स्की रहेको टीम नेपालको सहायक प्रशिक्षकमा हरि खड्का र टीम म्यानेजर रमेश रायमाझी चयन भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>