खेलकुदशनिबार, फाल्गुण २३, २०७१

विश्वकप छनौट खेल्न भारत जाने राष्ट्रिय फुटबल टोलीको विदाई

हिमालखबर

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्वकप छनौट खेल्न भारत जान लागेको राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा कार्यक्रममा राखेपका सदस्य सचिव युवराज लामाले टोलीका कप्तान सागर थापालाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै विदाई गरे । टोलीलाई विदाईका क्रममा शुभकामना दिँदै सदस्य सचिव लामाले देशका लागि खेल्न पाएको अवसरलाई सही सदुपयोग गर्न खेलाडीहरुलाई आग्रह गरे ।

कप्तान सागरले सबै खेलाडी फिट भएकाले राम्रो तयारी भएको र सकेसम्म राम्रो नतिजा लिएर मात्र देश फर्कने वाचा गरे ।

भारत जाने टोलीमा २३ खेलाडी र सात अधिकारीसहित ३० सदस्य हुने एन्फाले जनाएको छ, जसमा कप्तान सागरसहित विकास कुथु, किरण चेम्जोङ, रितेश थापा, विराज महर्जन, सन्दीप राई, रविन श्रेष्ठ र रोहित चन्द छन् । त्यसैगरी, खेलाडीहरु विक्रम लामा, भोलानाथ सिलवाल, राजु तामाङ, जगजित श्रेष्ठ, अनिल गुरुङ, सन्तोष साहुखल, भरत खवास, विमल घर्तीमगर र जुमानु राई पनि टोलीमा छन् ।

अन्य खेलाडीमा, टोलीमा पहिलोपटक स्थान बनाएका अनन्त तामाङ, दिनेश राजवंशी, अञ्जन विष्ट, विशाल राई, हेमन गुरुङ र रञ्जित धिमाल पनि हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...