Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘रवीन्द्र मिश्रका कविताहरू’ सार्वजनिक - Himalkhabar.com

थप समाचारशनिबार, फाल्गुण २३, २०७१

‘रवीन्द्र मिश्रका कविताहरू’ सार्वजनिक

हिमालखबर

तस्वीरः मिश्रकाे फेसबुकबाट

तस्वीरः मिश्रकाे फेसबुकबाट

कसले कविता लेख्दैनन्, पढ्दैनन् र सुन्दैनन् ?, मञ्चबाट कवि तथा पत्रकार रवीन्द्र मिश्रले हात उठाउन आग्रह गरे ।

करीव चारसय दर्शक/स्रोताबीचबाट दुईजना सर्वसाधारण महिला जीवन डङ्गोल र नविना श्रेष्ठले हतार हतार हात उठाए । ती दुईजना महिलाहरूबाट कवि रवीन्द्र मिश्रको पहिलो कविता सङ्ग्रह ‘रवीन्द्र मिश्रका कविताहरू’को विमोचन गरे ।

बिबिसी नेपाली सेवाका प्रमुख मिश्र ‘व्यावहारिक परोपकार’ र ‘परोपकारी पत्रकारिता’को अभ्यास र पैरवीसमेत गर्दै आएका छन् । सङ्ग्रहलाई फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

माया, मिलन, विछोड, पीडा, वेरोजगारी र द्वन्द्वको घाउलगायत समसामयिक विषयलाई समेटिएको सङ्ग्रहमा ११६ कविता समावेश गरिएका छन् । सोही अवसरमा कवि मिश्रले सङ्ग्रहमा समावेश नभएको ‘आमा’ शीर्षकको कविता वाचन गरे ।

त्यसैगरी, उनले सङ्ग्रहमा समावेश गरिएका ‘मिति भएनौँ भने’, ‘आज राति १२ बजे’, ‘म के हुँ’, ‘चोर र इश्वर’, ‘अपनत्व’, ‘कवितै आएन’, ‘बरू म उपन्यास पढ्छु’, ‘यसरी पढौँ कविता’, ‘मेरो देश’, ‘छोरा छोरीलाई’, ‘कान्दाका चेपाङ’, ‘काठमाडौँ’ र ‘पाप’ शीर्षकका करिव दुई दर्जन कविता वाचन गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>