रमझमसोमबार, फाल्गुण २५, २०७१
२८ वर्षपछि पाकिस्तानमा नेपाली कार्यक्रम
लोक–शास्त्रीय सांगीतिक समूह ‘सुकर्म’ ले पाकिस्तानमा कार्यक्रम गर्ने भएको छ ।
पाकिस्तानस्थित नेपाली राजदूत भरतराज पौड्यालका अनुसार २८ वर्षपछि कुनै नेपाली सांस्कृतिक टोलीले पाकिस्तानमा प्रस्तुती दिन लागेको हो ।
दूतावासकै आयोजनामा हुन लागेको कार्यक्रममा सुकर्मले इस्लामावाद र लाहोरमा आफ्ना सांगीतिक धुन पस्किनेछन् । सप्ताहव्यापी भ्रमणका लागि सुकर्म २३ फागुनमा त्यसतर्फ लागिसकेको छ ।
कार्यक्रम २६ फागुनमा पाकिस्तान नेसनल काउन्सिल फर आर्टस्को प्रेक्षालयमा हुँदैछ भने २८ फागुनमा लाहोर आर्टस् काउन्सिलमा हुनेछ ।
सुकर्म समूहमा सितारवादक डा. धुव्रेशचन्द्र रेग्मी, तबलावादक पण्डित होमनाथ उपाध्याय, सारंगीवादक भरत नेपाली र बाँसुरीवादक उमेश पण्डित सदस्य छन् ।
कला–संस्कृतिको प्रवर्धनसँगै कूटनीतिक सम्बन्ध विस्तारका लागि पनि कार्यक्रम आयोजना गरिएको राजदूत पौड्यालले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
