अन्तर्वार्ता/विचारआइतबार, फाल्गुण २४, २०७१

‘आफ्नै पार्टीमा नयाँ जस्तो हुँदाको अनुभव अनौठो हुँदोरहेछ ।’

हिमालखबर

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनका बेला मन्त्री बनेका राधाकृष्ण मैनाली त्यसपछि माओवादीहुँदै १२ वर्षपछि पुनः नेकपा (एमाले) फर्किएका छन् । १७ फागुनमा पार्टीमा केन्द्रीय सदस्य मनोनीत मैनाली भन्छन्, “खुशी छु । तर, आफ्नै पार्टीमा नयाँ जस्तो हुँदाको अनुभव अनौठो हुँदोरहेछ ।”

radha krishna mainali१२ वर्षपछि एमाले फर्कनुभयो । कस्तो लागिरहेको छ ?

त्योबेला निष्काशनमा परेको थिएँ । त्यसैले नबोलाई आउने कुरा भएन । तीन वर्षदेखि पार्टीले बोलाएको हो तर ढिलो भयो । पार्टीमा फर्कंदा खुशी छु । तर नयाँ जस्तो हुँदाको अनुभव अनौठो हुँदोरहेछ ।

यो अवधिमा तपाइँ राजावादीदेखि माओवादीसम्म हुनुभयो ? के पाउनुभयो ?

घरबाट निकालिएको मान्छे भीर, पखेरा, सडक कहाँ पुग्छ, कहाँ । राजाले द्वन्द्व समाधानमा राजनीतिक व्यक्ति पनि चाहियो भनेकाले मन्त्री बनें । तर, राजा स्वार्थी रहेछन् । माओवादी नेताहरूको आग्रहमा माओवादी प्रवेश गरें । तर हतियार बिसाए पनि उनीहरूको स्वभाव, चिन्तन र व्यवहार द्वन्द्वकालीन नै रहेछ ।

अब चाहिं किन एमालेमै फर्कनुभएको ?

यो पार्टीमा म झापा विद्रोहदेखि नै लागेको हुँ । सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भएकोले मात्र होइन, विचार पनि मिल्ने भएकाले फर्केको हुँ ।

भनेपछि, एमाले ठीक थियो, तपाईं नै बहकिनुभयो ?

हो । सांगठनिक रुपमा बहुपदीयमा गए पनि पदाधिकारी संख्या अलि सानो हुनुपर्छ । गुट भन्दा पार्टी बलियो बनाउन जोड दिनुपर्छ भन्ने मेरो विचार छ ।

अनुभवी राजनीतिज्ञको नाताले नयाँ संविधान निर्माण प्रक्रियालाई कसरी हेरिरहनुभएको छ ?

प्रमुख पार्टीको पहिलो प्राथमिकता संविधान निर्माण हुनुपर्छ । सत्तालाई महत्व दिएकै कारण संविधान ढिला भएको हो । पुष्पकमल दाहालको संविधान निर्माणमा बढी योगदान हुनुपर्दथ्यो । अन्तरवस्तुमा जति विवाद भए पनि मिलनबिन्दु हुन्छ नै ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>