रमझमआइतबार, फाल्गुण २४, २०७१
राजु लामाले क्यालिफोर्नियामा सबैलाई नचाए
-ङिमा पाख्रिन, क्यालिफोर्निया, अमेरिका
राजु लामालाई स्टेजमा बोलाउँने बित्तिकै हल तालीले गुञ्जायमान भयो । तन्नेरीहरुका हुल स्टेज अगाडी झुम्मिए ।
हुलमा धेरै नेपाली मूलका थिए भने सेतो बर्णका अमेरिकान पनि उत्तिकै मिसिएका थिए । भीडमा केहिले राजुसँगै गीतमा स्वर मिसाए भने केहि चै कम्मर मर्काउँदै नाच्न ब्यस्ता रहे ।
केहिले नेपाली पारामा नाचे भने कोहि कोहि डिस्को पारामा देखिए । केहिले चै साल्सा पारामा कम्मर हल्लाए । नेपालीमा कसरी नाच्ने भनेर प्रकास थापाले आफ्ना अमेरिकन साथीहरुलाई सिकाए ।
भिडभित्रै मिस सन फ्रान्सिस्को अमिना जमानी पनि नाच्नमा दंगदास थिए । नेपालीहरुसँग सधै नजिक रहने मिसेलले नेपाली पारामा नाचेर मात्रै देखाईनन्, फोटो खिच्दै गरेका ईन्द्र तामाङलाई तानेर आफूसँगै नचाईन् ।
न्युयोर्के फोटोग्राफर केहि केहि लजाउँदै एक फन्को घुमेर छेउ लागे । राजु एक पछि अर्को गीत गाउँन ब्यस्त रहे । क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा हालै सम्पन्न भएको ल्हुक ल्होछार साँस्क्रितिक साँझमा राजुले धेरैलाई मज्जाले नचाए ।
पहिलो चरणको उनको प्रस्तुतीबाट नथाकेका दर्शकले उनलाई फेरि दोस्रो चरणमा आउँन उनलाई बाध्य पारे । दोस्रो चरणमा भने उनलाई नवोदित गायिका एरिका लामाले साथ दिईन् । कार्यक्रम तामाङ को-अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाले आयोजना गरेको थियो ।