समाचारशनिबार, कार्तिक ११, २०६९

पुनःस्थापना नभए स्वतन्त्र नेतृत्व: दाहाल

सञ्जीव शर्मा

११ कार्तिकमा नेपाली कांग्रेस सभापति सुशील कोइरालालाई महाराजगञ्जमा भेटेर छलफल गरेका दाहालले संविधान सभा पुनःस्थापना गरेर वर्तमान सरकारकै नेतृत्वमै संविधान घोषणा गर्ने अथवा ताजा जनादेशमा जाने भए स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव गरेका छन् ।

अध्यक्ष दाहालको प्रस्तावका सम्बन्धमा प्रतिक्रिया दिँदै सभापति कोइरालाले दाहालको प्रस्तावमाथि विश्वास गर्न सकिने कुनै आधार नभएको टिप्पणी गरे । कोइरालाले भने, “अध्यक्ष दाहालको प्रस्तावमा विश्वासिलो आधार र पत्याउन सकिने अवस्था देखिएन ।” उनले थपे, “प्रचण्डको बोली र व्यवहार फरक छ, उनले पटकपटक  धोका दिएका छन् ।”

सभापति कोइरालाले ताजा जनादेशमा जानुपर्ने नेपाली काँग्रेसको धारणा रहेको बताए । उनले भने, “नेपाली कांग्रेसलाई संविधानसभा वा संसद्को पुनःस्थापना कुनै हालतमा पनि मान्य हुने छैन ।”

निर्वाचनमा जानका लागि वर्तमान सरकारको विघटन भई नयाँ सहमतिको सरकार निर्माण हुनु आवश्यक भएको सभापति कोइरालाको भनाई थियो ।

त्यस्तै एमाओवादी अध्यक्ष दाहालले सहमति भएका विषयलाई समावेश गरी संविधानसभाको पुनःस्थापनाबाट  संविधान जारी गर्न सकिने र त्यसो हुन नसके निर्वाचनमा जान सकिने बताए ।

एमाले अध्यक्ष खनाल र नेता नेपालसँग पनि भेट

११ कार्तिकमै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

खनाल र नेपाल दुबैले एकै स्वरमा वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईले पदबाट राजीनामा दिई नयाँ सहमतीय सरकारको गठन गर्न मार्गप्रशस्त गर्नुपर्ने र ताजा जनादेशमा जानुपर्ने सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>