थप समाचारसोमबार, फाल्गुण २५, २०७१
विषाक्त रोटीले एउटै परिवारको ६ जनाको मृत्यु, ७ गम्भीर विरामी
पीडा–८, धादिङमा विषाक्त रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर विरामी छन् ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार विरामीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । विष लगाएर राखिएको गहुँ पिसेर खाएपछि परिवार विरामी परेका थिए ।
विष हालेर बीउ राखेको गहुँको रोटी खाएपछि १३ जनाको परिवार नै विरामी परेका थिए । विरामी मध्ये ६ जनाको मृत्यु भएको हो ।
विरामी मध्ये ६० बर्षीय सन्तबहादुर तामाङ, २५ बर्षीया फुलमाया, ७ बर्षीया सविता, ५ बर्षीय रमेश, अढाई बर्षीय सानुकान्छी र ६ बर्षीय अनिल तामाङको मृत्यु भएको छ ।
स्थानीय गजुरी इलाका स्वास्थ्य चौकीको प्रारम्भिक उपचारपछि ८ बर्षीय पूर्ण, ३५ बर्षीय टेक, ९ बर्षीय बुद्धसिंह, ३१ बर्षीय सम्झना, ६० बर्षीय फुलमाया र १५ बर्षीय ठूलामाया तामाङलाई थप उपचारका लागि काठमाडौंस्थित बीर अस्पताल ल्याइएको छ ।