Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'एनअारएनले पनि नागरिकता पाउछन्' - Himalkhabar.com

अर्थ/बजारसोमबार, फाल्गुण २५, २०७१

‘एनअारएनले पनि नागरिकता पाउछन्’

हिमालखबर

तस्वीरः रासस

तस्वीरः रासस

संविधानका अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधानमा गैरअावासीय नेपालीलाई नागरिकता दिने व्यवस्था सुनिश्चित हुने बताएका छन् ।

गैरअावासी नेपाली संघ एनअारएनएकाे काठमाडाैंमा भवन शिल्यान्यास कार्यक्रममा नेम्वाङले एनअारएनले पनि नागरिकता पाउने बताएका हुन् । उनले भने, “एनअारएनले नागरिकता पाउछन् तर समयमै संविधान निर्माणका लागि दल र नेताहरुलाई दबाब दिनुहाेस् ।”

८ माघमा संविधान नअाउदैमा दल असफल भएकाे हाेइन

PM lays foundation of NRNA Headquartersभवनकाे शिल्यान्यास गर्दै प्रधानमन्त्री सुशील काेइरालाले ८ माघमा संविधान नअाउदैमा राजनीतिक दलहरु असफल भएकाे मान्न नहुने बताए । उनले प्रमुख दलहरु संविधान निर्माणका लागि गहिरिएर छलफल गरिरहेकाले बताए ।

शिलान्यास कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेले निर्माण हुने कार्यालयको भवनले संस्थाप्रति थप आस्था र विश्वास जगाउने बताउँदै मातृभूमिप्रतिको दायित्वलाई जिवन्त राख्न मद्दत पुग्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङग पाण्डेले मुलुकमा लगानीको लागि उचित वातावरण बनेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

एनआरएनएका पूर्व अध्यक्ष डा उपेन्द्र महत्तोले ‘नेपाल हाम्रो हो र हामीले नै बनाउनु पर्छ’ भन्दै विकास निर्माणका कार्यले मात्र सङ्क्रमणकाल छोट्याउन सकिने बताए । एनआएनएका पूर्व अध्यक्ष जिवा लामिछानेले विश्वमा छरिएर रहेका नेपाली नै एनआरएनएको ठूलो शक्ति भएको बताउँदै भवन निर्माणले आर्थिक स्थायीत्वका लागि महत्वपूर्ण योगदान दिने उल्लेख गरे ।

विश्वका विभिन्न ७० मुलुकमा छरिएका एनआरएनएको सहयोगमा राजधानीको बालुवाटारमा तीन रोपनी जग्गामा रु २० करोडको लागतमा अत्याधुनिक कार्यालय निर्माण हुन लागेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>