थप समाचारमंगलबार, फाल्गुण २६, २०७१
निर्वाचन खर्च विवरण नबुझाउनेले उमेद्वारी दिन नपाउने
दाेस्राे संविधानसभा निर्वाचनमा भाग लिएर निर्वाचन खर्च विवरण नबुझाउन उमेद्वारले अागामी निर्वाचनमा भाग लिन नपाउने भएकाे छ ।
खर्च विवरण नबुझाई निर्वाचन आयोगको जरिवानमा परेका दल र उम्मेदवारहरूले बाग्लुङ क्षेत्र नं–१ मा आगामी २८ चैतमा हुने संविधानसभाको उपनिर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।
आयोगको गत २० असारको निर्णयानुसार दलगतरुपमा रु एक हजार जरिवाना गरिएका राजनीतिक दल तथा गत ९ भदौको निर्णयानुसार जनही रु पाँच सय जरिवाना गरिएका उम्मेदवारहरूलाई उपनिर्वाचनमा भाग लिन तथा उम्मेदवार हुन नपाउने गरी रोक लगाउन संविधानसभा सदस्य निर्वाचन ऐन, २०७० को दफा ७३ र निर्वाचन आयोग ऐन, २०६३ को दफा ४५ बमोजिम निर्णय गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले २७ फागुनदेखि लागू हुने गरी उपनिर्वाचनका लागि आयोगमा कार्यरत सहन्यायाधीवक्ता हरिप्रसाद जोशीलाई निर्वाचन क्षेत्रमा सम्पादन गर्नुपर्ने निर्वाचनसम्बन्धी कामहरू सम्पन्न गर्नको लागि मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
