रमझमबुधबार, फाल्गुण २७, २०७१
ग्ल्यामरस झापा (तस्वीरहरु)
-गोपाल गडतौला, झापा
गत वर्ष झापामा भएको मिस राजवंशीकी फर्स्ट रनर अप माया राजवंशी (२२) कोरियोग्राफर बन्ने धुनमा छिन्।
झापा हल्दीबारी–९ की मायाको बुझाइमा कोरियोग्राफीले सुन्दरतालाई सचेत ढंगले पस्किन्छ। मायासँगै अर्जुनधारा–६ की पल्लवी राजवंशी (२१) पनि मोडलिङ क्षेत्रमै छन्।
माया र पल्लवी बिर्तामोडको ग्ल्यामरस नेपालमा मोडलिङ सम्बन्धी कक्षा लिइरहेका छन्। कक्षा लिनेमा झापा, बिर्तामोड–६ की डिम्पल लिम्बू (१८) पनि छिन्। कम्प्युटर साइन्समा कक्षा १२ पढिरहेकी उनी भन्छिन्, “पढाइ र मोडलिङ सँगै चलिरहेको छ।”
झापामा पछिल्लो समय मोडलिङप्रति रुचि बढ्दो छ, यसको उदाहरण हो– ग्ल्यामरस नेपाल। यस संस्थामा अहिले ५० जना युवती मोडलिङ सम्बन्धी चार महीने आधारभूत कक्षा लिइरहेका छन्।
बिर्तामोड–३ की पवना श्रेष्ठ त्यो दिन फिल्ममा छोटो भूमिकामा देखिएकी छन्। उनी मोडलिङलाई करिअरकै रुपमा लैजाने बताउँछिन्। भन्छिन्, “घरबाट स्वतन्त्र छु, पढाइ र करिअर सँगै बढाउँछु।”
ग्ल्यामरस नेपालका प्रबन्धक आसिम ज्वयल श्रेष्ठ पूर्वका सक्रिय कोरियोग्राफर हुन्।
भारतको मुम्बईबाट सन् २००२ मा मोडलिङमा स्नातक उनी पूर्वका झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा मोडलिङका गतिविधि बढ्न थालेकोमा उत्साहित छन्। “व्यापारिक मेला, उत्सव र सांस्कृतिक कार्यक्रममा समेत र्याम्प नाप्न शुरु भएको छ। यो खुशीको कुरा हो”, आसिम भन्छन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
