Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि - Himalkhabar.com

खेलकुदबिहीबार, फाल्गुण २८, २०७१

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि

हिमालखबर

नेपाल एथलेटिक्स सङ्घको आयोजनामा ४०औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २९ फागुनदेखि राजधानीमा हुने भएको छ ।

उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रको पाँचै टोली, विभागीय नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब गरी आठ टोलीका १७६ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक सङ्घका सचिव आरके विष्टले बताए ।

प्रत्येक टोलीबाट २२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा पुरुष र महिला खेलाडीको सङ्ख्या बराबर रहेको छ ।

प्रतियोगितामा पुरुष तथा महिलामा १८–१८ गरी जम्मा ३६ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>