रमझमबिहीबार, फाल्गुण २८, २०७१

‘प्रधानमन्त्री कप’ महिला भलिबलको उपाधि एपीएफलाई

हिमालखबर

volleyball‘प्रधानमन्त्री कप’ इण्डो–नेपाल महिला भलिबलको दोस्रो संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

२८ फागुनमा नेपालगञ्जमा भएको फाइनलमा न्यू डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।

राउण्ड रोबिनका आधारमा खेलाइएको उक्त प्रतियोगितामा एपीएफले ४ खेलबाट ११ र न्यू डाममण्डले ४ वटै खेलबाट ९ अंक जोडेका थिए । एपीएफले पहिलो २५–१७, दोस्रो २५–२२ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो ।

पहिलो संस्करणको बिजेता नेपाल पुलिसले ७ अंकका साथ तेस्रो स्थानमा चित्त बुझायो । पश्चिमान्चल (पोखरा) ले पाहुना टोली भारत उत्तरप्रदेशसँगको अन्तिम खेलमा सुखद नतिजा ल्याएपनि त्यसअघिका खेल गुमाएकाले चौथो भयो ।

प्रतियोगिताका बिजेता र उपबिजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले नगद पुरस्कार, मेडल तथा ट्रफी प्रदान गरे ।

प्रतियोगिताको बिजेता एपीएफले ५५ हजार र उपबिजेता न्यू डायमण्डले ३५ हजार नगद पुरस्कार हात पारे । तेस्रो हुने पुलिसले २५ हजार नगद पुरस्कार प्राप्त गर्‍याे ।

गत वर्षदेखि प्रधानमन्त्री सुशील कोइरालाको गृह जिल्ला बाँकेमा इण्डो–नेपाल आमन्त्रण महिला भलिबल प्रतियोगिता गर्न थालिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>