थप समाचारशुक्रबार, फाल्गुण २९, २०७१

गुगलले ल्यायो एभरेष्ट स्ट्रिट भ्यू, घरमै बसेर सगरमाथा भ्रमण

हिमालखबर

गुगलले घरमै बसीबसी नेपालको सगरमाथा क्षेत्र भ्रमणको व्यवस्था गरेको छ ।

‘आर्म चेयर टुरिष्ट’ अर्थात कुर्सीमै बसेर इन्टरनेटमार्फत विभिन्न क्षेत्र भ्रमणको मज्जा लिने पर्यटकहरुका लागि भन्दै इन्टरनेट सम्बन्धी विभिन्न सेवा प्रदान गर्ने बहुराष्ट्रिय कम्पनी गुगलले एभरेष्ट स्ट्रिट भ्यू प्रोजेक्ट तयार पारेको हो ।

यो योजना अन्तर्गत सगरमाथा राष्ट्रिय निकुञ्ज, बेस क्याम्प लगायत सम्पूर्ण खुम्बु उपत्यकाको भ्रमण ‘भर्चुअल्ली’ गर्न सकिन्छ ।

सगरमाथा क्षेत्रको ‘स्ट्रिट भ्यू’ तयार पार्ने गुगल म्यापको टोलीलाई २१ पटक सम्म सगरमाथा आरोहण गरेका आप्पा शेर्पाले गाइड गरेका थिए । यो भ्यू तयार पार्नका लागि आप्पा शेर्पा आफैंले समेत पहल गर्दै आएका थिए ।

स्ट्रिट भ्यूमा आप्पाको गाउँ थामे, खुम्जुङ लगायत त्यहाँ रहेका गुम्बा, विद्यालय, हिमाल र स्थानीय वासिन्दाको रहनसहन समेत देख्न पाइन्छ ।

सगरमाथा क्षेत्रको सौन्दर्यका साथै त्यहाँको कठिन जीवन शैलीको प्रस्तुतीबाट त्यसक्षेत्रका बालबालिकाको शिक्षाका लागि लगानी जुटाउन सहज हुने आप्पाको विश्वास छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>