Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘काठमाडौंले नचिनेको’ मध्यपश्चिमका तस्वीर - Himalkhabar.com

रमझमशुक्रबार, फाल्गुण २९, २०७१

‘काठमाडौंले नचिनेको’ मध्यपश्चिमका तस्वीर

हिमालखबर

rukumमध्यपश्चिमको जनजीवन र पर्यटकीय स्थानलाई केन्द्रित गरीफोटोपत्रकार बालकृष्ण थापा (क्षेत्री) ले खिचेका तस्वीरहरुको प्रदर्शनी शुरु भएको छ ।

‘तराई पहाड फोटो प्रदर्शनी’ शिर्षकमा २९ फागुनदेखि पर्यटन बोर्डमा शुरु भएको प्रदर्शनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेलले फोटोपत्रकारकै तस्वीर खिचेर उद्घाटन गरे ।

“काठमाडौंमा बस्नेहरूले पनि मध्यपश्चिमको जनजीवन देख्न पाउने भए”, प्रा.डा. पोखरेलले भने, “त्यो क्षेत्रको प्रवद्र्धनका लागि पनि यी तस्वीरले भूमिका खेल्नेछन् ।”

रुकुमको भौगोलिक विकटता, रोल्पाको चिउरी पेल्ने कोल, प्यूठानको विजुलीकोटमा दशैंमा लाग्ने मेला, दाङको सराय जात्रा लगायत विविध सांस्कृतिक, भौगोलिक र जनजीवनका विषय समेटिएका ४० वटा तस्वीर प्रर्दशनीमा राखिएका छन् ।

रुकुमको भुमे नाच, यातायात अभावमा खच्चडलाई भारी बोकाउने चलन, दादुरे खोलको पानीघट्ट पनि तस्वीरमा देख्न पाइन्छ ।

rolpa“रुकुमको लुकुम गाउँ पुग्दा मलाई यी ठाउँ काठमाडौंबासीलाई देखाउन जरुरी छ भन्ने लाग्यो, त्यसपछि तीन–चार चोटि त्यहाँ गएर फोटो खिचें,” थापाले भने ।

थापाले यसअघि पनि सुदुरपश्चिमा तस्वीरहरुको प्रदर्शनी गरेका थिए ।

उनका केही तस्वीर नेपाल पर्यटन बोर्डले आफ्नो अर्काइभमा राख्ने भएको छ ।

२९ र ३० फागुनमा पर्यटन बोर्डमा हेर्न पाइने यी तस्वीरहरुको प्रदर्शनी१ देखि ३ चैत सम्म हनुमान ढोका परिसरमा हुनेछ ।

सजना बराल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>