Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बलात्कारबिरुद्ध ठूला अभियान आवश्यक - Himalkhabar.com

टिप्पणीशुक्रबार, फाल्गुण २९, २०७१

बलात्कारबिरुद्ध ठूला अभियान आवश्यक

सुवास देवकोटा

बारा कलैयामा बलात्कार भएकी ७ बर्षीय बालिका पूजाकुमारी साहको काठमाडौको कान्ति बाल अस्पतालमा उपचार गर्दागर्दै ८ फागुनमा मृत्यु भयो । अहिले त्यो घटनाको बिरोधमा कलैयामा सामाजिक अगुवाहरुले ‘बेटी बचाउ’ आन्दोलन शुरु गरेका छन् ।

साहको दाहसंस्कारसमेत नगरी शुरु गरिएको आन्दोलनको माग अपराधीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने, धरौटीमा छाड्नु नहुने तथा बालिकाहरुको सुरक्षा हुनुपर्ने लगायत छन् । त्यस्ता अमानवीय घटनाबिरुद्ध समाज जागरुक हुनु र आन्दोलनमा उत्रिनुलाई प्रशंसायोग्य मानिनुपर्छ ।

मान्छेको परिभाषाबारे एउटा प्रख्यात भनाईले दुई वटा ‘स्कूल अफ थट’ रहेको देखाउँछ, एउटा तर्क छ— मान्छे जन्मदा भगवान जस्तो सोझो, अज्ञानी र इमान्दार हुन्छ, समाजले उसलाई चोर्न, डाका गर्न, बलत्कार गर्नलगायत तमाम बदमाशी गर्न सिकाउँछ ।

बलात्कारविरुद्ध २७ फागुनमा काठमाडौंमा भएको प्रदर्शनका सहभागी । तस्वीर: देवकी बिष्ट

बलात्कारविरुद्ध २७ फागुनमा काठमाडौंमा भएको प्रदर्शनका सहभागी । तस्वीर: देवकी बिष्ट

त्यसैले मानिसमा आउने बिकृतिको जिम्मेवार समाज हो । तर, अर्को तर्कले भन्छ— मान्छेभित्र जन्मजात चोर, बदमाश, डाका, बलत्कारीलगायत अपराधी प्रवृति हुन्छ, समाज र कानूनले नियन्त्रण नगर्ने हो मौका पाउनासाथ उसले हदैसम्मको बदमाशी गरिहाल्छ ।

बालिकालगायत बयस्कहरुमाथि हुने बलत्कार जस्ता अमानवीय घटनाहरुलाई पनि यीनै तर्कका आधारमा हेर्ने हो भने बुझ्न र समाधान गर्न सजिलो हुन सक्छ । अपराधमा संलग्नहरुलाई कडा कारवाही गरिनुपर्छ, अपराध गर्न डराउन्, अपराध गर्नेहरु निरुत्साहित होउन् भनेर कडा कानूनहरु बनाउनुपर्छ र तिनलाई अक्षरश पालन गरिनुपर्छ ।

पैसा, पद र धम्कीको भरमा अपराधीले उन्मुक्ति नपाउन्, चिनजान, नाता र राजनीतिक आधारमा उनीहरुको सजाय कम नहोस् भन्ने अवस्था सिर्जना गरिनुपर्छ ।

त्यसो भएमा अपराध निश्चितरुपमा कम हुनेछ । त्यस हिसाबले अहिले कलैया, काठमाडौं र देशैभरी बालिका बलत्कारबिरुद्ध उठेका आवाज स्वागत र प्रशंसायोग्य छन् ।

तर, त्योसगै मान्छेमा रहेको प्रदुषित सोच र प्रवृति हटाउन पनि उत्तिकै जोड लगाउनुपर्छ । किनभने, कडा कानून र सजायले मात्र यस्ता अपराध नियन्त्रण हुदैनन् भन्ने कडा कानून र कानून पालनामा दृढ रहेका मुलुकहरुमा समेत यस्ता अमानवीय घटनाहरु भईरहनुले देखाउँछ ।

भारत, अमेरिकालगायत मुलुकहरु अझै यस्ता घटनाबाट लज्जित भइरहेका छन् । मृत्युदण्ड दिइँदा समेत यस्ता अपराध नियन्त्रण हुन सकेका छैनन् ।

बलत्कार यौन अपराध त हो नै, तर त्यति मात्र होइन । यो अर्को व्यक्तिको अस्तित्व, स्वाभिमान, आफूबारे निर्णय गर्ने अधिकारमाथिको आक्रमण पनि हो ।

बालिकामाथि हुने बलत्कारलाई कमजोरमाथि बलियोले गर्ने आक्रमणको रुपमा पनि हेरिनुपर्छ । उनीहरु अवोध हुन्छन्, त्यसैले उनीहरुले अन्तिम बेलासम्म पनि आफूमाथि हुनलागेको अपराध र हिंसाको अनुमान समेत गरेका हुदैनन् । त्यसैले यसलाई अज्ञानता र कमजोरीको फाइदा उठाएर गरिएको अपराध पनि मानिनुपर्छ ।

बलत्कार आमरुपमा पुरुषबाटै हुनेगर्छ र यो अपराध सदियौंदेखि भइरहेको छ । तर, समाजमा रहेका अन्य हिंसा र बिभेद कम हुँदा पनि यो चाहि किन घटेको छैन भन्नेतर्फ पनि बिचार पुर्याइनुपर्छ ।

अन्य अपराध र बिभेद अन्त्यका लागि मानव समाजले जति मिहिनेत गर्‍यो, यो पक्षमा त्यति मिहिनेत नगरेकाले यो अपराधले निरन्तरता पाएको हुनसक्छ वा, यौन बिकृति बढाउने नयाँ तत्वहरु समाजमा थपिएर यस्ता अपराध बढेको हुनसक्छ भन्नेतर्फ पनि बिचार पुर्‍याइनुपर्छ ।

त्यसैले, हाम्रो समाजलाई पटक पटक लज्जित बनाइरहेको यो दानवीय प्रवृतिबिरुद्ध अब छिटफूट र छोटा अभियान वा आन्दोलन चलाएर मात्र हुदैन ।
यौन, मान्छेको स्वत्व, अर्को मान्छेको अधिकार र स्वाभिमानप्रतिको सम्मान जस्ता बिषयमा समाजमा रहेका गलत सोच र प्रवृति हटाउन लामो अभियान र आन्दोलन चलाउनुपर्छ ।

चलचित्र, गीत, पुस्तक—साहित्य, सामाजिक संजालबाट भित्रिने बिकृति हटाउन र तिमाध्यमलाई त्यो अभियानको सहायक बनाउन पनि सोच्नुपर्छ । सानैदेखि सकारात्मक सोच र प्रवृति विकास गराउन पाठ्यपुस्तक कति सहयोगी हुनसक्छन् भन्ने पनि विचार पुर्यासउन आवश्यक छ ।

यस्तो बृहत अभियान केहीले चलाएर मात्र पुग्दैन, राजनीतिक पार्टीहरु, जनवर्गीय संगठनहरु, गैरसरकारी संस्थाहरु र नागरिक समाज सबै लाग्न आवश्यक छ । खासगरी, मुलुकभरी संजाल रहेका कारण राजनीतिक दल र तिनका भात्रृ संगठन यो अभियानका लागि प्रभावकारी साधन बन्न सक्छन् ।

समाजलाई दिशा निर्देश गर्न बनेका भनिएकाहरुको कर्तव्य पनि हो, यस्तो अभियानमा लाग्नु । यसो गर्ने हो भने उनीहरुको गुमेको शाख पनि फिर्ता हुनसक्छ ।

लेखकको ब्लगबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>