थप समाचारशुक्रबार, फाल्गुण २९, २०७१
गणित नजान्दा जन्ती लिएर आएका बेहुला फिर्ता
भारत उत्तर प्रदेशकी एक बेहुलीले आफ्नो जन्ती लिएर आएका बेहुलाले जोड् नजानेपछि विवाह गर्न अस्वीकार गरेकी छन् ।
उत्तरप्रदेशको कानपुर नजिकैको कारेरामपुरकी लवली सिंहको विवाह इटावाका रामवरनसँग तय भएको थियो । जन्ती लिएर घरसम्मै आइपुगेका बेहुला पढेलेखेका छैनन् भन्ने थाहा पाएकी लवलीले विवाह गर्न अस्वीकार गरेकी हुन् ।
विवाहका दिन जन्ती कारेरामपुर पुगेपछि बेहुली पक्षले पहिले अर्कै केटासँग कुरा पक्का गरे पनि बेहुला बनेर अर्कै अनपढ केटा आएको आरोप लगाए । त्यसैबीच बेहुलीका साथीहरुले बेहुला बनेका रामवरनलाई ‘१५ मा ६ जोड्दा कती हुन्छ ?’ भनेर सोधे । रामवरनको जवाफ थियो १७ ।
त्यसपछि लवलीले उक्त केटासँग विहे गर्न अस्वीकार गरिन् र कुरा स्थानीय प्रहरी चौकीसम्म पुग्यो ।
स्थानीय प्रहरी प्रमुखले भने, “बेहुला पक्षले आफ्नो गल्ती स्वीकार गर्दै जन्ती फिर्ता लगेका छन् ।”
बीबीसीबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
