ब्लगशुक्रबार, फाल्गुण २९, २०७१
एमालेमा यो के हुन लागेको ?
महाधिवेशन सम्पन्न भएको ८ महिना बिती सकेको छ, केन्द्रीय सदस्य र पदाधिकारीहरुको कार्य विभाजन समेत भएको छैन, केन्द्रीय विभाग, अन्चल कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद आदि बन्न सकेको छैन ।
यसले गर्दा कति काम रोकिएको छ, कति मानिस कामबिहीन भएका छन्, स्वतः बुझ्न सकिने कुरा हो ।
एमालेको शक्तिशाली र ठूला जनवर्गीय संगठन अनेरास्ववियु र युवा संघ फुटे बराबर भएको छ, युवा संघको अलग अलग राष्ट्रिय भेला अलग अलग स्थानमा डाकिएको छ र अहिले प्रचारमा आए अनुसार एउटा भेलाको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले र अर्को भेलाको उद्घाटन एमाले वरिष्ठ नेता माधव नेपालले गर्दैछन् ।
कुनै कारण र तरिकाले रोकिएन भने अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक पनि चैत्रको दोस्रो हप्ता दुई समूहको दुई ठाउँमा हुने निश्चित् देखिएको छ ।
एमालेको स्थायी कमिटी, केन्द्रीय कमिटीको प्रत्येक बैठक तनावपूर्ण र विवादित बनिरहेका छन् । त्यस्तै तनाव र विवादकै कारण कयौँ बैठक बिना निष्कर्ष टुङ्गिने गरेका छन् ।
बैकल्पिक केन्द्रीय सदस्य मनोननयनको सन्दर्भमा स्थायी कमिटीको बैठकमा नोट अफ डिसेन्ट गरिएको कुरा सार्वजनिक रुपमै आई सकेकै छ । कम्युनिष्ट पार्टीको शीर्ष कमिटीको बैठकमा भोटिङ् हुने, नोट अफ डिसेन्ट लेखिने अवस्थालाई निकै गम्भीर मानिन्छ ।
जिल्ला, क्षेत्रीय अधिवेशनहरुमा केन्द्रको गुटमा आधारित भएर चुनाव भइरहेको छ, तलको के कुरा स्थायी कमिटी, पोलिट्ब्युरो, केस, बैकेसको मनोनयन पनि गुटकै आधारमा वा गुटगत भागबण्डाको आधारमा भएको छ ।
यस्तै हुँदै गयो, यो अवस्था रोकिएन भने परिणाम के हुनेछ भन्ने कुरा राजनीतिको कखरा मात्र जानेकोले पनि अनुमान गर्न र भन्न सक्ने कुरा हो ।
एमालेका बडे, छोटे सबै नेताले गम्भीरतापूर्वक सोच्ने बेला टर्न लागी सक्यो ।
राई नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
