समाचारआइतबार, कार्तिक १२, २०६९

सहमतिका लागि बाधक नबन्नुहोसः नेता नेपाल

हिमालखबर

नेपाल निवास कोटेश्वरमा १२ कार्तिक साँझ भएको भेटमा नेता नेपालले प्रधानमन्त्री  भट्टराईलाई देशमा विद्यमान राजनीतिक गतिरोध हटाएर समस्या समाधानका निम्ति बाधक नबन्न आग्रह गरेका छन् ।

“देशमा राजनीतिक सङ्कट हटेर मुलुकले निकास पाओस् र संविधान बनोस् भन्ने पक्षमा म छु र सहमतिको लागि म बाधक छैन, सहमतिको लागि तपाइँले पनि पहल गर्दिनुस्,” प्रधानमन्त्री  भट्टराईको भनाई उद्धृत गर्दै नेपालले भने ।

त्यस अवसरमा निर्वाचनमा जानुको विकल्प नभएको भन्दै नेपालले आउँदो चैत वैशाख महिनामा चुनाव हुन नसके एकाध वर्ष अझै मुलुक समस्यै समस्यामा अल्झिने खतरा रहेको धारणा राखेका थिए ।

नेता नेपालले यही सरकारको नेतृत्वमा चुनाव गर्नुपर्छ भन्ने अडानमा नरहन प्रधानमन्त्रीलाई आग्रह गरेपछि जवाफमा प्रधानमन्त्री  भट्टराईले आफू त्यस्तो अडानमा नरहेको बताएको नेपालले जानकारी दिए ।
“यो सरकारको नेतृत्वमा चुनाव सम्भव छैन, संविधानसभा पुनःस्थापनाको दन्तबझान गर्नु पनि जरुरी छैन,” वरिष्ठ नेता नेपालले भने । प्रधानमन्त्री डा भट्टराईले भेटवार्तामा भएका कुरा आफ्ना पार्टी अध्यक्षसँग राखेर निकासका लागि अघि बढ्ने बताएका थिए ।

प्रधानमन्त्री र नेता नेपालबीच मुलुकमा रहेको ऊर्जा सङ्कट, द्रूत मार्ग तथा मध्यपहाडी मार्ग, विमानस्थल निर्माणलगायतका आर्थिक विकासका कामहरू अघि बढाउने बारेमा पनि छलफल भएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>