थप समाचारआइतबार, चैत्र १, २०७१

बाबुद्वारा छोरी बलात्कृत

हिमालखबर

rapeझापाको पृथ्वीनगर ४ का एक बाबुले आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेका छन् ।

पृथ्वीनगर ४ स्थित ज्ञानेचोक बस्ने ती ४३ वर्षीय बाबुले पूर्व पत्नीसँग रहेकी आफ्नै छोरीलाई २९ फागुन राति ८ बजेतिर घरमा ल्याई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

छोरीमाथि बाबुद्वारा बलात्कार भएको भन्दैै आमाले प्रहरीमा उजुरी दिएकी हुन् ।

बलात्कृत भनिएकी बालिकाको ३० फागुनमा धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गरिएको पनि प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार साँझै झापा बिर्तामोडस्थित बसपार्कमा एकजना १३ बर्षे बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले स्थानीय ४० वर्षीय सूर्यमान तामाङलाई पक्राउ गरि कारवाही शुरु गरेको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>