Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सपना मार्ने खेलहरु - Himalkhabar.com

टिप्पणीआइतबार, चैत्र १, २०७१

सपना मार्ने खेलहरु

सुवास देवकोटा

४ मंसीर २०७० देखि हरेक हप्ता ठूलो हात्ति आउने आशा देखाउँदै फुस्सा पारिदैछ । तीन करोड मानिसलाई देखाइएको सपना हरेक बिहान झूठो बिपनामा परिणत भएको छ ।

बालुवाटार, सिंहदरवार, नयाँ बानेश्वर र नेताहरुको घरबाट देखाइएको सपनालाई झूठो बिपनामा परिणत गराउने यो खेलले हरेक नेपालीको मन कुडाएको छ, कमजोर र हिन बनाएको छ ।

राष्ट्रलाई कमजोर बनाउने सायद यो नै सबैभन्दा उन्नत तरिका होला । भारतीय चर्चित कवि अवतार सिंह पासले त्यसै लेखेका होइनन्, सपनाको मृत्यु सबैभन्दा खतरनाक हुन्छ भनेर । अहिले नेपालीलाई सपनाको मृत्यु हुने त्यस्तै अवस्थामा पुर्‍याइएको छ ।

सपनाको मृत्यु हुँदा कमजोर र हिन हुँदा आशा मर्छ । आशा समाप्त भएको मानिसमा आस्था पनि बाँकि रहदैन । त्यस्तो अवस्थामा पुगेको मानिस वा राष्ट्रलाई पराजित गर्न धेरै ठूलो बल लगाउनु पर्दैन ।

अनेकौं अनौपचारिक बैठकको नाटक गरेर ३० फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख दलहरुको बैठक पनि त्यसरी नै असफल भयो, जसरी १६ महिनादेखि हुँदैछ । जबकि, यो पटकका अनौपचारिक बैठकपछि नेताहरुले वार्ता सकारात्मक रहेको बताएका थिए ।

तर, औपचारिक बैठकमा त्यस्तो देखिएन । संविधानसभामा शुरु भएको प्रक्रियालाई समाप्त पार्ने अडानबाट बिपक्षी टसको मस भएको देखिएन । नेपाली कांग्रेस र एमालेले पनि आफ्नो पुरानो प्रस्तावमा कायम रहेको नै बताए ।

संघीयतामा देखिएको दुई पक्षबीचको फरक मान्यता मिल्ने संकेत कतै देखिएको छैन । पहाडी प्रदेशहरु जातीय आधारमा र तराईका प्रदेश अर्कै आधारमा बन्नुपर्ने बिपक्षीको अडान कायम छ ।

पहाडी भूभाग कुनै हालतमा तराईमा मिसाउनु नहुने उसको अडानको सार छ । यही धारणामा सत्ता पक्ष पनि सहमत हुनुपर्ने र त्यसैलाई सहमति मानिनुपर्ने उसको जिद्धी छ । यो जिद्धीलाई नमाने आन्दोलन गर्ने तथा संविधान बनाउनै नदिने पनि उसको भनाई छ ।

५ माघमा संविधानसभामा बिपक्षीले तोडफोड गरेपछि संविधान निर्माणका लागि संविधानसभामा अघि बढेको प्रक्रिया अहिले रोकिएको छ । जसलाई ‘सहमतिको प्रयास गर्न’ भनिएको छ । तर, यसबीचमा बिपक्षी सहमतिको प्रयास अघि बढाउनभन्दा आन्दोलन गर्न सडकतर्फ लाग्यो ।

आन्दोलनका नाममा १६ फागुनमा काठमाडौंमा सभा पनि गर्‍यो । झण्डै ५० हजार मानिस जम्मा भएको त्यो सभाले मुलुकको शक्ति सन्तुलन परिवर्तन गरेको तथा त्यही आधारमा संविधान निर्माण हुनुपर्ने हास्यास्पद तर्क बिपक्षका नेताहरु अहिले गरिरहेका छन् ।

खुलामंचमा भाषण सक्नासाथ एमाओवादी नेता बाबुराम भट्टराई भारत उडे, त्यो भ्रमणलाई पनि उनले नेपाली राजनीतिको शक्ति सन्तुलन बदल्ने प्रयास भनेर व्याख्या गरे । त्यहाको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वलाई भेटेर नेपालको संविधान निर्माणमा हिस्सेदारी खोज्न आग्रह गरेपछि उनले नेपाल फर्केर आफ्नो भारत भ्रमणले नेपालको सत्तापक्षलाई दबाब दिएको पनि बताए ।

जान्नेहरुले भने अनुसार, बाबुरामले भारतको एउटा पक्षबाट सहयोग हुने वचन पाएका पनि छन् । ‘एमालेलाई बेवास्ता गर्दै कांग्रेससँग समझदारी गरेर अघि बढ्न’ उसले बाबुरामलाई सुझाएको बताइएको छ ।

यो सूचना अनुसार, मुलुक राजनीति अघि बढ्न खोजेको केही संकेत गत हप्ता देखिएका पनि थिए । तर, नेपालमा भएका र हुनै सबै घटना भारतकै निर्देशन अनुसार हुन्छ भन्ने बाबुरामहरुको बुझाई अनुसार नेपाल अघि बढ्न त्यति सजिलो छैन ।

ठूलो र शक्तिशाली भएकाले नेपालका केही घटना उसको हित अनुसार होलान्, तर सधै र सबै घटना उसको चाहना अनुसार हुदैनन् भन्ने धेरै पटक देखिएको पनि छ ।

तर, यो पटक जे भएपनि यसलाई नेपाल कमजोर बनाउने योजनाभन्दा अर्को रुपमा हेर्न सकिदैन ।

संविधान निर्माण जस्तो नेपालको आन्तरिक मामिलामा बिदेशीलाई सहभागि गराउने क्रियाकलापले नेपाली र नेपाललाई अरु कमजोर पार्नेछ ।

यो प्रक्रिया अरु अघि बढ्यो भने हाम्रो सपना यसरी नै मर्दै जानेछन् । हामी सपना, आशा, आस्था मरेका मानिसमा परिणत हुनेछौं ।

लेखकको ब्लगबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>