Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकप क्रिकेटः को–को भिड्दैछन् क्वाटरफाइनलमा ? - Himalkhabar.com

खेलकुदआइतबार, चैत्र १, २०७१

विश्वकप क्रिकेटः को–को भिड्दैछन् क्वाटरफाइनलमा ?

हिमालखबर

जारी आइसीसी विश्वकप क्रिकेटमा १ चैतमा समूह चरणका सबै खेल सकिएसँगै क्वाटरफाइनलका प्रतिष्पर्धीहरूको टुङ्गो लागेको छ ।

१ चैतमा भएको समूह चरणका आ–आफ्ना अन्तिम खेल जितेर पाकिस्तान र वेष्ट इन्डिजले अन्तिम आठमा आफ्नो स्थान पक्का गरे ।

समूह ‘बी’ बाट यसअघि नै भारत र दक्षिण अफ्रिका तथा समूह ‘ए’ बाट न्यूजिल्याण्ड, अष्ट्रेलिया, श्रीलङ्का र बंगलादेश क्वाटरफाइनलमा पुगिसकेका थिए ।

पहिलो क्वाटरफाइनल प्रतिष्पर्धा १८ मार्चमा दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ । त्यस्तै, १९ मार्चमा बंगलादेश र भारतबीच, २० मार्चमा अष्ट्रेलिया र पाकिस्तानबीच तथा अन्तिम क्वाटरफाइनल २१ मार्थमा न्यूजिल्याण्ड र वेष्ट इन्डिजबीच हुनेछ ।

शुरुका तीन खेल नेपाली समय अनुसार बिहान ९ः१५ र अन्तिम क्वाटरफाइनल बिहान ६ः४५ मा हुनेछ । पहिलो सेमीफाइनल न्यूजिल्याण्ड र वेष्ट इन्डिजको विजेता र दक्षिण अफ्रिका र श्रीलङ्काको विजेताबीच २४ मार्चमा हुनेछ ।

त्यस्तै २६ मार्चमा हुने दोस्रो सेमिफाइनलमा बंगलादेश र भारतको विजेतासँग अष्ट्रेलिया र पाकिस्ताबीच हुने क्वाटरफाइनलको विजेता भिड्नेछन् । फाइनल खेल २९ मार्च बिहान नेपाली समय अनुसार ९ः१५ बजे अष्ट्रेलियाको मेलबर्नमा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>