थप समाचारसोमबार, चैत्र २, २०७१

बस दुर्घटनामा १७ जनाको मृत्यु (अपडेट)

हिमालखबर

???????????????????????????????जुम्ला सदरमुकामबाट कालिकोटको नाग्मातर्फ जाँदै गरेको बस २ चैत बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

ना४ ख ४९७० नम्बरको बस कालिकोटको रारालिही गाविस–१ गाडगुडेनीको सडकबाट २०० मिटर तल तीला नदीमा खस्दा १७ जनाको मृत्यु हुनाको साथै सात जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरी निरीक्षक ईन्द्रबहादुर साउदका अनुसार दुर्घटनामा परी १३ जनाको घटनास्थलमा तथा ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

???????????????????????????????मृत्यु हुनेमा बस चालक सागर बुढा र सह–चालक हर्क बुढा बाहेक अन्यको सनाखत हुन सकेको छैन ।

घाइतेहरुको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

बसमा २९ जना सवार रहेको प्रहरीले जनाएको छ ।

घटनास्थल जुम्ला सदरमुकामदेखि २४ किलोमिटर टाढा रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>