Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बेग्ला बेग्लै सवारी दुर्घटनामा चारको मृत्यु - Himalkhabar.com

थप समाचारसोमबार, चैत्र २, २०७१

बेग्ला बेग्लै सवारी दुर्घटनामा चारको मृत्यु

हिमालखबर

accident-logoमोरङ, चितवन र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई महिला, एक भारतीय नागरिक र एक नेपाली पुरुष गरी ४ जनाको ज्यान गएको छ ।

मोरङमा दुई महिलाको मृत्यु
यात्रुवाहक बसको ठक्करबाट आइतबार साँझ मोरङ्मा दुई महिलाको मृत्यु भएको छ ।

डाइनिया–२ को काजीपार बस्ने ६५ वर्षीया जानकीदेवी साह र १५ वर्षीया बुधनीदेवी साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

डाइनियाबाट पथरी जाँदै गरेको को१ख २१५१ नंको बसले काजीपारमा मोटरसाइकललाई जोगाउने क्रममा सडक किनारमा बसेकी ती दुई महिलालाई बसले ठक्कर दिएपछि सो घटना भएको हो ।

जानकीदेवी साहको काखमा रहेकी छ महिनाकी बालिकासमेत घाइते भएको र उनको हात भाँचिएको बताइएको छ । बससहित चालक प्रहरीको नियन्त्रणमा छन् ।

चितवनमा भारतीयको मृत्यु
चितवनको दारेचोक–७ चुम्लिङटारमा २ चैत बिहान भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका भारत कानपुर बस्ने ३० वर्षीय विनित बर्माको उपचारका क्रममा चितवन मेडिकल कलेजमा बिहान ४:३० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते सोही ठाउँ बस्ने ३१ वर्षीय अमित बर्मा र अर्का विनित दुबेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति करिब २ बजे काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको नं नखुलेको भारतीय कार सडकबाट ४०–५० मि तल त्रिशूली नदी किनारमा खस्दा सो घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

कार तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।

नवलपरासीमा पैदल यात्रीको मृत्यु
नवलपरासीको डण्डा झ्यालवास सडकखण्डअन्तर्गत पिप्रेनीमा गएराति एक जना पैदलयात्रीको ज्यान गएको छ ।

झ्यालवासबाट डण्डा आउँदै गरेको ना३त ९८९७ नम्बरको ट्र्याक्टरले पैदलयात्रीलाई ठक्कर दिँदा कावासोती–१६ पिप्रेनीका ५७ वर्षीय मदबहादुर विकको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय नवलपुरकाअनुसार दुर्घटना गराउने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा पठाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>