Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकप क्रिकेटः थुप्रै नयाँ रेकर्ड - Himalkhabar.com

खेलकुदमंगलबार, चैत्र ३, २०७१

विश्वकप क्रिकेटः थुप्रै नयाँ रेकर्ड

हिमालखबर

cricket_worldcupविश्वकप क्रिकेटमा बुधबार देखि क्वार्टर फाइनल प्रतियोगिताहरु शुरु हुँदैछन् । अब जित्ने टोली अघि बढ्नेछ भने हार्ने टोलीले अर्को विश्वकप पर्खनु पर्ने छ ।

पहिलो क्वार्टर फाइनल खेल सिड्नीमा दक्षिण अफ्रिका र श्रीलंकाबीच हुनेछ भने बिहीबार दोस्रो खेलमा भारत र बांग्लादेश आमनेसामने हुनेछन् ।

तेस्रो क्वार्टर फाइनलमा शुक्रबार अष्ट्रेलीया र पाकिस्तान तथा शनिबार चौथो र अन्तिम क्वार्टर फाइनल न्यूजिल्याण्ड र वेस्टइंडिज बीच हुनेछ ।

यसपालीको विश्वकपमा अहिलेसम्म २०,१९७ रन बनाउने क्रममा कुल १८६२ चौका र ३८८ छक्का प्रहार भएको छ । त्यसैगरी ३५ शतक बनेको छ भने यसको संख्या अरु बढ्ने सम्भावना धेरै छ । यसअघि सन् २०११ मा भएको विश्वकपमा जम्मा २४ शतक बनेका थिए ।

यसैपटकको विश्वकपमा वेस्टइंडिजका क्रिस गेलले जिम्बाब्बे विरुद्धको खेलमा २१५ रन सहित दोहोरो शतक बनाए, यो विश्वकपमा अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर हो ।

यस विश्वकपमा भारतीय क्रिकेट टोलीले विरोधी सबै टोलीलाई प्रत्येक पटक अलआउट गरेको छ ।

त्यसैगरी ‘पूल ए’ मा न्यूजिल्याण्ड र ‘पूल बी’ मा भारतले लिग चरणका सबै प्रतियोगिता जित्न सफल भए ।

अष्ट्रेलिया अहिलेसम्म सर्वाधिक स्कोर बनाउने टोल ीबनेको छ जसले अफगानिस्तान विरुद्ध निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४१७ रन बनायो ।

यसै विश्वकपमा अफगानिस्तानलाई २७५ रनले हराउँदै अष्ट्रेलिया सर्वाधिक रनले विजयी हुने टोली बनेको छ । त्यसैगरी सर्वाधिक रन लक्ष्यलाई पछ्याउँदै जीत हासिल गर्ने टोली बांग्लादेश भएको छ । उसले स्कटल्याण्डले दिएको ३१९ रनको लक्ष्य पछ्याउँदै ६ विकेटले खेल जितेको थियो ।

त्यसैगरी सबै भन्दा चाँडै १५० रन बनाउने रेकर्ड दक्षिण अफ्रिकाका एबी डिविलियर्सले बनाए । उनले वेस्टइन्डिज विरुद्ध ६४ बलमा १५० रन बनाएका थिए । उक्त खेलमा डिविलियर्स ६६ बलमा १६२ रन बनाउँदै नटआउट रहे ।

सबैभन्दा तिव्र गतिमा अर्धशतकको रेकर्ड न्युजिल्याण्डका कप्तान ब्रेन्डन म्याक्कुलमले बनाए । उनले १८ बलमा अर्धशतक बनाएका थिए भने २५ बलमा ७७ रन बनाए ।

वेस्ट इन्डिजका क्रिस गेलले जिम्बाब्बे विरुद्धको खेलमा १६ छक्का सहित २१५ रन बनाए तर अन्य खेलमा भने उनले मात्रै २ छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकी कप्तान एबी डिविलियर्सले भने अहिलेसम्म विश्वकपमा २० छक्का प्रहार गरिसकेका छन् ।
बीबीसीबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>