समाचारसोमबार, कार्तिक १३, २०६९
पश्चिमाञ्चलमा दसैँभर चार हजार चालकमाथि कारबाही
पश्चिम क्षेत्रका १६ जिल्लाको ट्राफिक व्यवस्थापनका क्रममा ३,९३५ सवारी साधन कारबाहीमा परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ५–११ कार्तिकमा छ लाख ९४ हजार ६०० रुपियाँ राजस्व सङ्कलन भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक ज्ञानु पाण्डेले जानकारी दिइन् । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष चेकजाँच गरेको थियो ।
