Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महिलालाई विदेशका डान्सबारमा बेच्ने गिरोहका सातजना पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, चैत्र ३, २०७१

महिलालाई विदेशका डान्सबारमा बेच्ने गिरोहका सातजना पक्राउ

हिमालखबर

नेपाली युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी मलेसिया, तान्जानिया, केन्या र खाडी मुलुकमा लगि बेचविखन गर्ने र डान्सबारमा काम लगाउने गिरोहमा संलग्न एक भारतीय नागरिकसहित सात जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमध्ये केहीले विदेशका डान्सबारमा लगानी गरेको समेत अनुसन्धानको क्रममा खुलेको ३ चैतमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा ललितपुर इमाडोल घर भई कलङ्की बस्दै आएका राजन भन्ने राजेन्द्र सुवेदी खत्री, काठमाडौँ मैतीदेवी बस्ने सविन श्रेष्ठ भन्ने सविनराज मानन्धर छन् ।

उनीहरूमध्ये सुवेदीको नेपाल र दुवईमा समेत डान्सबारमा लगानी रहेको ब्युरोले जनाएको छ । उनी यसअघि २०७० सालमा पनि मानव ओसारपसार मुद्दामा पक्राउ परी रु तीन लाख धरौटी तिरी अदालतबाट थुनामुक्त भएका थिए ।

सविनराज मानन्धर विदेशस्थित एजेन्टबाट माग लिई युवतीलाई विदेश पठाउने काममा सक्रिय थिए भने केन्या र तान्जानियाको डान्सबारमा लगानीकर्तासमेत रहेका छन् ।

पक्राउ पर्ने अन्यमा काठमाडौँ, इचङ्गु नगरपालिकाका ललितराज सिंह सुवाल, मोरङ विराटनगर घर भई हाल ललितपुर एकान्तकुना बस्दै आएका सुनिल अधिकारी, सङ्खुवासभा घर भई हाल सिनामङ्गल बस्दै आएका आशिष भन्ने केदारबहादुर खड्का, धनकुटा आँखीसल्ला घर भई मैतीदेवीमा बस्दै आएका नवीन दाहाल छन् ।उनीहरूले युवती खोज्ने, छनौट गर्नेलगायतका कार्य गर्ने गरेका थिए ।

भारत नयाँदिल्लीका २७ वर्षे रियान भन्ने तरुण रोजना खनगवालसमेत पक्राउ परेका छन् ।

दिल्लीमा पुष्प व्यवसायको काम समेत गर्ने रियानले युवतीलाई छनोट गरी विदेश पठाउने गरेको प्रहरीले जनाएको छ । उनी केन्या र तान्जानियाको डान्सबारमा लगानीकर्तासमेत रहेका छन् ।

पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्ने म्याद लिई अनुसन्धान प्रारम्भ गरेको व्युरोले जनाएको छ ।

विभिन्न आवरण र शैलीहरूको प्रयोग गर्दै विकरालरुपमा फैलिरहेको मानव तस्करीलाई नियन्त्रण गर्न व्युरोले ‘अपरेसन इगल’ नाम दिई ६ महिनाअघिदेखि खोजी अभियान सञ्चालन गरेको व्युरो प्रमुख मल्लले जानकारी दिए ।

केन्या, तान्जनियालगायतका देशहरूमा प्रतिमहिना एक लाखभन्दा बढी तलब हुन्छ भन्ने प्रलोभन देखाइ विदेश पुर्यानए पनि पारिश्रमिक समेत नदिई कोठामा थुनी राखिएका नेपाली युवतीलाई केन्यास्थित अन्तर्राष्ट्रिय आप्रवास संस्थाद्वारा उद्धार गरी नेपाल पठाएपछि व्युरोले थप अनुसन्धान सुरु गरेको थियो ।

दलालहरूले नेपालका विभिन्न डान्स ट्रेनिङ सेन्टर तथा डान्सबारहरूबाट आकर्षक शारिरीक बनावट र नृत्य कला भएका युवतीहरूलाई छनोट गरी विदेशमा डान्सको काममा उच्च पारिश्रमिक हुन्छ भनी प्रलोभनमा पार्ने गरेका छन् ।

छानिएका युवतीहरूको लागि रु दुई लाखसम्म नेपाली दलाललाई पठाउने गरेका छन् । सो युवती विदेशमा जति बढी बस्यो उति नै दलालले महिनैपिच्छे कमिसन पाउने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

विदेश पुर्‍याइएका युवतीहरूलाई विदेशी दलालहरूले डान्सबार, होटल आदिमा लामो समयसम्म कोठामा बन्धक बनाई यौन शोषण गर्ने तथा वेश्यावृतीमा लगाउने गरेको अनुसन्धानको क्रममा भेटिएको छ ।

मानव बेचविखनमा पछिल्लो समय मानव तस्करहरूले डान्सर, कलाकार, गोष्ठी, सेमिनारका सहभागी तथा विभिन्न रोजगारीलगायतका आवरणमा नयाँ शैली अपनाउँदै विदेश लगी बेचबिखन गर्ने गरेको भेटिएको प्रमुख मल्लले बताए ।

गैरकानुनी तबरले विदेश लैजान टिकेटिङ गर्दा सूचनाको चुहावट रोक्न मानव तस्कर आफैले ट्राभल एजेन्सी सञ्चालन गर्न थालेको नयाँ तथ्यसमेत प्रहरीले फेला परेको छ ।

व्युरोले विभिन्न शैलीमा विदेश लगी पीडित भएका र फकिर्एका वा अन्य कुनै तरिकाले पीडित भएका युवतीलाई ब्युरोमा जाहेरी दरखास्त दिई अभियुक्तलाई कानुनी दायरामा ल्याउन सूचना दिनसमेत अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>